खाडीमुलुक जान लागेकी १६ नेपाली महिलाको उद्दार

२३ श्रावण २०७५, बुधबार १९:४२
 

सदरलाइन / यदुराज मिश्र,  
नेपालगन्ज : अवैध रुपमा खाडी मुलुक जान लागेकी १६ नेपाली महिलालाई भारतको नयाँ दिल्लीबाट उद्दार गरि नेपालगन्ज फर्काइएको छ ।
उद्धार गरि नेपालगन्ज ल्याइएका महिलामध्ये पाँच जना साविक मध्यपश्चिम क्षेत्र अन्तरगत बाँके, दाङ, दैलेखलगायत जिल्लाका छन् । यो सँगै दिल्ली महिला आयोगको सक्रियतामा दिल्लीबाट ७३ नेपाली महिलाको उद्धार गरि नेपाल फर्काइएको छ ।
भारतीय बाटो हुँदै अवैध रुपमा खाडीमुलक जान लागेको गोप्य सूचनाको आधारमा नेपाली राजदूताबासको समन्वयमा दिल्ली महिला आयोग, दिल्ली र बनारस प्रहरी तथा रेस्क्यू फाउन्डेशनले ति महिलाको उद्धार गरेको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।
उनका अनुसार, खाडीमुलुक जान लागेका नेपाली महिलालाई नयाँ दिल्लीको मैदानगढी क्षेत्रका होटलमा छापा मारेर उद्धार गरिएका महिलालार्ई माइती नेपालको टोलीले नेपालगन्ज ल्याएको हो । साविक मध्यपश्चिम क्षेत्रमा घर भएका महिलालाई नेपालगन्जमा राखिएको छ । भने, अन्य क्षेत्रका महिलालाई नजिकको माइती नेपालमा पठाइएको कोइरालाले बताए ।
उनले उद्धार दाङ, बाँके, दैलेख, पाल्पा, नवलपरासी, रुपन्देही, मोरङ, झापा लगायत जिल्लाका महिला रहेको जानकारी दिए । नेपालगन्ज नजिकका महिलालाई यहिँ राखेर परिवारसँग पुनर्मिलन गराउने प्रयास भइरहेको कोइरालाले बताए ।
‘उद्धार गरि दिल्लीबाट ल्याइएका महिलालाई परिवारको जिम्मा लगाउने तयारी भएको छ,’ उनले भने । कतिपय महिलाका परिवार नेपालगन्ज आइसकेको र केहि बाटोमा भएको उनले स्पष्ट पारे ।
भारतबाट ल्याइएका महिलाले आफूहरु स्वच्छिक रुपमा भारत हुँदै खाडीमुलुक जान लागेको माइती नेपाल समक्ष बयान दिएका छन् । नेपालको बाटो भएर खाडीमुलुक जान सरकारले प्रतिवन्ध लगाएपछि आफूहरु भारत भएर खाडीमुलुक जान लागेको प्रतिक्रिया दिएका छन् ।

Next Post

घाँटी थिचेर श्रीमतीको हत्यागरी श्रीमान प्रहरीमा हाजिर

२३ श्रावण २०७५, बुधबार १९:४२
सदरलाइनडटकम नेपालगन्ज : बाँकेको हिरमिनियामा एकजनाले आफ्नै श्रीमतीको हत्या गरी प्रहरीमा हाजिर भएको जानकारी प्राप्त भएको छ । हाल नेपालगन्ज उप–महानगरपालिका वडा नं. २३ जंगलीसिँह पुर्वाका शेरअली शेषले आफ्नै श्रीमतीको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका हुन् । प्रहरी निकट श्रोतका अनुसार शेषले दिएको बयानका आधारमा उनले अफ्नो श्रीमतीलाई […]