यी पाँच कारण, जसले एप्पललाई बनायाे १० खर्ब डलरको कम्पनी

२३ श्रावण २०७५, बुधबार ०७:१७
 

एप्पललाई अहिलेसम्मकै सबैभन्दा सफल कम्पनी मानिन्छ । यो विश्वको पहिलो दश खर्ब डलरको सार्वजनिक कम्पनी बनेको छ ।

आखिर एप्पलले यस्तो चमत्कार कसरी गर्यो त ? केही कारण यस्ता छन्ः

स्टिभ जब्स: आफैंमा एउटा ब्राण्ड

स्टिभ जब्सको पहिचान केवल एप्पलका सह सस्थापकको रुपमा मात्र छैन उनी प्रविधिको संसारका सबैभन्दा ठूलो मध्येका एक नाम हुन् ।

उनले एप्पललाई प्रविधिको दुनियाँको त्यो क्रान्तिको हिस्सा बनाए जसको लक्ष्य आम मानिसको हातमा प्रविधि पुर्याउनु थियाे । चाहे त्यो आइफोन होस्, आइप्याड वा आइपड नै किन नहोस्। आधुनिक विश्वको पहिलो औपचारिक सीर्इअाेमध्येका एक रहेका जब्स अन्ततः आफैंमा एक ब्राण्डको रुपमा स्थापित भए ।

जब्सले स्टिभ बोज्नियाकसँग मिलेर सन् १९७६ मा एप्पल कम्पनीको स्थापना गरेका थिए । सन् १९८० मा एप्पलको शेयरको माग उच्च रुपमा बढ्यो, जसरी सन् १९५६ मा फोर्ड कम्पनीको शेयरको माग थियो । सन् १९८५ मा कम्पनीका मुख्य कार्यकारी जोन स्कलीसँग विवाद भएसँगै जब्सले एप्पल छाडे । तर १२ वर्षपछि सन् १९९७ मा घाटामा चलिरहेको एप्पलले जब्सलाई एप्पललाई पुनरागमन गर्न प्रस्ताव गर्यो । सोही अनुसार एप्पललमा पुनः प्रवेश गरेसँगै जब्सले विभिन्न प्रोजेक्टहरु रद्द गरिदिए र एउटा नयाँ प्रोजेक्ट सुरु गरे, जसको नाम थियो थिंक डिफ्रेन्ट अर्थात् केही नयाँ सोँच्नुस् ।

सोही परियोजना अनुसार एप्पलले आफ्ना नयाँ उत्पादन गर्न सुरु गर्यो । त्यसपछि कम्पनीका कर्मचारीको मनोबल पनि ह्वात्तै बढ्यो । एप्पल छिटै नै मुनाफाको अवस्थामा आयो । सन् २०११ मा जब्सको निधन भयो । तत्कालीन अमेरिकी राष्ट्रपति ओबामाले जब्सको निधनबाट विश्वले एक दूरदर्शी मानिस गुमाएको बताए ।

आइफोनः एक क्रान्ति

सन् २००७ मा एप्पलले आइफोन लञ्च गर्यो । आधुनिक मोबाइल सञ्चारमा आइफोनको प्रभाव अहिलेसम्मकै बेजोड तथा निर्विवाद रहेको छ । लञ्च भएको पहिलो वर्षनै एप्पलले १ करोड ४० लाख आइफोन बिक्रि गर्यो ।


त्यस समय बजारमा ब्लाकबेरी तथा नोकिया जस्ता कम्पनीकाा मोबाइल फोनको दबदबा थियो । तर ती सबैलाई पछि पार्दै एप्पल छोटो समयमै पहिलो नम्बरमा उक्लियो । अहिले पनि एप्पलको दबदबा विश्वको स्मार्टफोन बजारमा व्याप्त छ । गत वर्ष एप्पलले २१ करोड ६० लाख आइफोन बेच्यो । अहिले एप्पललको कूल आम्दानीको आधा एप्पलबाट हुने कमाईबाटै हुने गरेको छ ।

सोव र ब्राण्डमा भरोसा

एप्पलले आइफाेनबाहेकका अन्य वस्तु तथा सेवामा पनि उच्चमात्रामा आम्दानी गर्दै आएको छ । सन् २०१८ को दोश्रो त्रैमासिकमा कम्पनीले आइट्युन, एप्पल म्युजिक, एप स्टोर, आइक्लाउड जस्तो अन्य सेवाहरुबाट हुने आम्दानीमा ३१ प्रतिशतले वृद्धि भएको छ ।

चीन र विकास

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजार चीन विना एप्पलको सफलताको यो कहानी फरक हुनेथियो । एप्पलको आम्दानीको झण्डै एक चौथाई हिस्सा चीनबाट आउने गर्दछ । यसका अलावा एप्पलले आफ्नो अधिकांस आइफोनहरु दक्षिणी चीनको सेन्जेन सहरमा गर्दछ । यद्यपि सन् २०१६ देखि २०१८ को बीचमा चीनबाट हुने आम्दानीमा भारी गिरावट भएप्नि एप्पलको त्यो अवस्थामा अहिले सुधार आएको बताइएको छ । सस्तो घरेलु चिनिया ब्राण्डका स्मार्टफोनसँग एप्पलले चिनिया बजारमा गम्भीरु प्रतिस्पर्धा गरिरहेको छ ।

ब्राण्डको रुपमा एप्पल

फोब्र्स कम्पनीले तयार पार्ने विश्वका मूल्यवान ब्राण्डहरुको सूचिमा पछिल्लो ८ वर्षदेखि एप्पलले कब्जा जमाउँदै आएको छ । उक्त सूचि अनुसार एप्पल कम्पनीको हालको मूल्य १८ खर्ब २८ करोड पुगिसकेको छ ।

एजेन्सी

Next Post

भन्सालीको फिल्म पनि छोडिन् प्रियंकाले

२३ श्रावण २०७५, बुधबार ०७:१७
प्रियंका चोपडालाई अब बलिउडभन्दा हलिउड प्यारो बनेको छ । एउटा नयाँ हलिउड फिल्म हात पारेपछि उनले बलिउडका ठूला-ठूला अफर पनि रिजेक्ट गरिदिएकी छन् । केही दिनअघि प्रियंकाले सलमान खानको फिल्म ‘भारत’ बाट हात झिकेकी थिइन् । यस विषयमा अहिलेसम्म पनि चर्चा भइरहेको छ । प्रेमी निक जोनससँग बिहेको तयारीमा रहेकाले […]

सम्बन्धित