दाङमा दश बर्षिया बालिका बलात्कृत एक पक्राउ

१८ श्रावण २०७५, शुक्रबार १४:३४
 

सदरलाइनडटकम
दाङ  : दाङमा दश बर्षीया अपाङ्ग बालिका बलात्कृत भएकी छन् । घोराही उपमहानगरपालिका वडा नं. १८ रझेनाकी एकजना अपाङ्ग बालिकामाथि बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १२ बस्ने ३५ बर्षीय तेजबहादुर बस्नेतलाई बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरीक्षक निर्मल खत्रीले बताए ।
साउन १० गते विहान करीब ११ बजे घरमा कोही नभएको मौका छोपी बस्नेतले ती बालिकालाई बलात्कार गरेको अभियोगमा फक्राउ गरी अनुसन्धान थालिएको उनले जानकारी दिए ।

Next Post

नेपालगन्ज उप–महानगरमा कान्जीहाउस निर्माणका लागि छुट्टयाइएको २५ लाख फ्रिज

१८ श्रावण २०७५, शुक्रबार १४:३४
सदरलाइन / यदुराज मिश्र नेपालगन्ज : नेपालगन्जमा नयाँ कान्जीहाउस निर्माणका लागि बिनियोजन गरिएको २५ लाख रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष ०७४/०७५ मा नेपालगन्ज उप–महानगरपालिकाले कान्जी हाउस निर्माणका लागि विनियोजन गरेको २५ लाख रुपैयाँ फ्रिज भएको हो । कान्जी हाउस निर्माणका लागि जग्गाको टुंगो नलागेपछि रकम फ्रिज भएको मेयर […]