लमही अस्पतालमा एक्सरे र एम्बुलेन्स सेवा ठप्प

१५ श्रावण २०७५, मंगलवार १५:२९
 

तुलसीपुर, दाङको लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प रहेको छ ।

पूर्व–पश्चिम राजमार्गमा रहेको लमही अस्पतालमा एक्सरे नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । त्यस्तै बिरामी बोक्न अतिआवश्यक मानिने अस्पतालको एम्बुलेन्स र शव बाहन सेवा अवरुद्ध हुँदा झनै समस्या भएको छ ।

गत असार ३२ गते कर्मचारीको व्यवस्थापनबिना नै तत्कालीन अस्पताल व्यवस्थापन समितिले लमही नगरपालिकाको ठाडो आदेशको भरमा अस्पतालमा करारमा रहेका नौ जना कर्मचारीलाई एकै पटक अवकाश दिएको थियो ।

अस्पतालको एक्सरे सेवा, एम्बुलेन्स तथा शव बाहन सेवामा कार्यरत नौ जना करारका कर्मचारीलाई अवकाश दिइएपछि आवश्यक जनशक्ति पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिमलेशकुमार गुप्ताले बताए ।


करारमा रहेका कर्मचारीले छाड्नु परेमा वा हटाउनुपर्ने अवस्था आएमा १५ दिनभित्र जानकारी दिनुपर्ने करार सम्झौता भए पनि आफूलाई पूर्व जानकारीबिना नै करार अवधि सकिएको पत्र थमाइएको अवकाशप्राप्त कर्मचारीले गुनासो गरेका छन् ।

अस्पतालमा २० वर्षसम्म सेवा गरेका कर्मचारीलाई बिना पूर्वजानकारी अवकाश दिइएको उनीहरुको आरोप छ । यता लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले भने अस्पतालमा कार्यरत कर्मचारी हटाइएको बारेमा जानकारी नभएको बताए । “अस्पताल नगरपालिकाको मातहतमा आएको छैन, अस्पताल विकास समितिले निर्णय गरेको होला” उनले भने ।

रासस

Next Post

सुविधाभोगी जनप्रतिनिधि

१५ श्रावण २०७५, मंगलवार १५:२९
दाङ – जनप्रतिनिधि चुनिएलगत्तै दाङ को लमही नगरपालिकाले गत वर्षको साउनदेखि जनप्रतिनिधिको तलब निर्धारण ग-यो। नगरसभाले गरेको निर्णयअनुसार मेयरको ३५ हजार, उपमेयरको ३० र वडा अध्यक्षको मासिक तलब २५ हजार रुपैयाँ तोकिएको थियो। नगरपालिकाले यो निर्णय गुपचुपमै राखेको थियो। कारण नगरपालिकाको निर्णय संविधानसम्मत थिएन। स्थानीय तहका जनप्रतिनिधिको तलब प्रदेशसभाले निर्धारण […]

सम्बन्धित