सदरलाइनडटकम
प्युठानः पाँच नम्बर प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अघि सारेको छ । ग्रामीण पर्यटकीय अवधारणा अन्तर्गत ग्रामीण क्षेत्रको समृद्धिका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम ल्याइएको हो ।
नेपाल पत्रकार महासंघ प्युठानले सोमवार गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री शंकर पोखरेलले यस्तो जानकारी गराए । सरकारले सडक अवधारणा अनुसार सडक कनेक्टीभिटीमा सबै जिल्लाको पहुँच हुने गरी काम सुरु गरिएको उनले बताए ।
मुख्यमन्त्री पोखरेलले जिल्ला सदरमुकाम, गाउँपालिका तथा नगरपालिकालाई सडक सञ्जालमा जोड्दै, कृषि आधुनिकीकरण, बजारीकरणसहित ग्रामीण क्षेत्रको विकासमा प्रदेश सरकारले जोड दिएको बताए ।
नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना निर्माणका लागि काम अघि बढेको बताउँदै उनले डिपिआर र आइएइको काम भइरहेकोले यो सकेपछि आर्थिक बन्दोबस्त गरेर निर्माण प्रक्रिया अघि बढाइने जिकिर गरे ।
भारतको सहयोगमा बन्ने भनिएको सिक्टा सिँचाई आयोजना राज्यकै पहलमा निर्माण हुने भएपछि नौमुरे ओझेलमा परेको भन्दै मुख्यमन्त्री पोखरेलले त्रिदेशीय सडकको कुरामा जानकारी नभएको बताए ।