दलित परिवारलाई कुखुराका चल्ला वितरण

१३ श्रावण २०७५, आईतवार १५:३६
 

सदरलाइनडटकम
नेपालगन्ज : दलित महिलाको आयआर्जन बृद्धि गर्न दलित महिला संघ (फेडो) बाँकेले कुखुराको चल्ला वितरण गरेको छ । दलित महिलालाई कुखुरा पालनमा आकर्षण गर्न प्रतिव्यक्ति १५ वटा कुखुराको चल्ला वितरण गरिएको हो ।
खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकाका एक सय घरपरिवारका दलित महिलालाई सो कुखुरा वितरण गरिएको संघका जिल्ला अध्यक्ष निर्मला सुनारले जानकारी दिइन् ।
उनले खजुरा गाउपालिका ६ वडामा ५० जना, बैजनाथगाउपालिका ४ र ३ वडाका ५० दलित घरपरिवारलाई ८ हप्ताका गिरिराज जातका कुखुराको चल्ला वितरण गरिएको जानकारी दिइन ।
कुखुरा चल्ला वितरण गरिएका परिवारलाई अन्य प्राविधिक, खोर सुधार, औषधि उपचार जस्ता प्राविधिक तालिम समेत प्रदान गरिएको फेडोले जनाएको छ । 

Next Post

घुससहित प्रहरी जवान अख्तियारको फन्दामा

१३ श्रावण २०७५, आईतवार १५:३६
सदरलाइनडटकम  नेपालगन्ज : घुस लिँदै गर्दा बाँकेका एक प्रहरी जवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । नेपालगन्ज उप–महानगरपालिका जयसपुरका एक सर्वसाधारणसँग घुस लिने क्रममा नेपालगन्जको अस्थायी प्रहरी पोष्ट बसपार्कमा कार्यरत प्रहरी जवान गोविन्द नेपालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले नियन्त्रणमा लिएको हो । नेपालीले भारतबाट घरायसी […]

सम्बन्धित