१३ साउन २०७५ आइतवारको राशिफल

१३ श्रावण २०७५, आईतवार ०७:२५
 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घर व्यवहारको समस्याले सताउला । व्यवसायमा मन्दी आउला । व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । गलत निर्णय लिनपुगिएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मनोरञ्जनमा सहभागीता भइएला । शिक्षामा सफलता मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सरकारी निकाएको भय रहला । परिवारको समस्याले सताउनेछ । सामान हराउन सक्नेछ ।

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ व्यक्तिसंग भेट होला । कुटुम्बको सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।


 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ वस्त्र तथा अलंकारको प्राप्ति हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अचल सम्पत्ती हात पर्ने योगछ । नयाँ कार्यको थालनी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । पढाइमा प्रगति हुनेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ काममा हात हाल्ने समय छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । आत्मबल बढ्नेछ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य क्षेत्रमा सफलता पाईनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राज्य बाट सम्मान पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Next Post

पत्रकार धनराज वास्तविकले कस्लार्इ ल्याए ‘मार्इती घर’?(भिडियाे सहित)

१३ श्रावण २०७५, आईतवार ०७:२५
काठमाडौं, पत्रकार धनराज वास्तविक काे शब्द संगीतमा मौलिक तिज गित ‘मार्इती घर’ सार्वजनिक भएको छ । बि जी इन्टरटेनमेन्ट प्रालि को प्रस्तुती रहेको उक्त तिज गित ‘मार्इती घर’ गायिका तृप्ती खड्का गुरूङ को प्रस्तुति रहेकाे छ। तृप्ती खड्का गुरूङ र यम बिष्टकाे स्वर रहेकाे ‘माइती घर’ बाेलकाे गितमा बाल्यकाल देखी […]

सम्बन्धित