ग्राण्डी अस्पतालको छतमा रहेको सिम्रिक एयरको दुर्घटनाग्रस्त हेलिकप्टर तल झारियो

६ श्रावण २०७५, आईतवार २२:३२
 

सदरलाइनडटकम,
काठमाण्डौं : गत असार १५ गते शनिवार ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा मेडिकल टिम लिन आएको सिम्रिक एयरको हेलिकप्टर हेलिप्याडमा ल्याण्ड गर्दा दुर्घटनाग्रस्त भएको २३ दिन पछि अस्पतालको छतबाट तल झारिएको छ ।
अस्पतालको १४ तल्ला माथि छतमा रहेको दुर्घटनाग्रस्त हेलिकप्टर हटाउने काममा शनिबारदेखि नै सिम्रिक एयरको इन्जिनियरिङ तथा रेस्क्यु टिम ब्यस्त रहेको अस्पतालका अपरेशन म्यानेजर बिनोद अधिकारीले जानकारी दिए ।
उनले भने‘–रिकभरी फ्लाईटको भिडियो रेकर्ड समेत हामीले यहाँ प्रस्तुत गरेका छौं । हेलिकप्टर हटाइसकेपछिको अवस्थामा हाम्रो रुफटप हेलिप्याड अव सुरक्षित रहेको समेत जानकारी गराउन चाहन्छौं ।’
उनले दुर्घटनाग्रस्त हेलिकप्टर हटाउने कार्यमा सलग्न रहेका सबैलाई ग्राण्डी अन्तराष्ट्रिय अस्पताल परिवारका तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन् । त्यसैगरी, दुर्घटना भएलगत्तै ग्राण्डी अस्पतालको सुरक्षा तथा रेस्क्यु टोली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सिम्रिक एयरको इन्जिनियरिङ टोलीले संभावित क्षति न्यूनिकरणमा खेलेको महत्वपूर्ण भुमिकाका लागि अस्पताल प्रशासनका तर्फबाट आभार व्यक्त गरे ।
दुर्घटनापछि पनि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा देशका बिभिन्न भागबाट बिरामीको उद्धार गरी ल्याउने मेडिकल इभ्याकुएशन तथा इएमएस सेवा लगायतका सम्पूर्ण सेवाहरु सुचारु रहेको ब्यहोरा समेत अनुरोध छ ।
अस्पतालको मेडिकल टिम लिन आएको सिम्रिक एयरको 9N-ALR कल साइनको हेलिकप्टर असार १५ गते दिउँसो २ बजेर ३२ मिनेटमा अस्पतालको हेलिप्याडमा ल्याण्ड गरिसकेपछि अचानक अनौठो आवाज आएर घडिको सुइको बिपरित दिशामा केहिफन्को घुमेर अस्पतालको दक्षिण तर्फको कुनामा खस्न पुगेको थियो ।  

 https://www.youtube.com/watch?v=-JOvIep_AyY&feature=youtu.be


Next Post

बासको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

६ श्रावण २०७५, आईतवार २२:३२
सदरलाइनडटकम नेपालगन्ज : युनिसेफ नेपालको सहयोग, नेपालगन्ज उप–महानगरपालिका र सिविस नेपालको समन्वय तथा बास नेपालगन्जको आयोजनामा ‘बालश्रम न्यूनीकरण तथा बाल संरक्षण’ बिषयक बक्तृत्वकला सम्पन्न भएको छ । सो प्रतियोगितामा नेपालगन्ज उप–महानगरपालिकाका ३ वडाका १६ जना प्रतियोगिहरुलाई पछि पार्दै नेपालगन्ज–१९ बसुदेबपुरकी मिनु गुप्ताले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् । […]