सामाजिक सद्भाव नभए राष्ट्रिय एकता कामय हुन सक्दैन : प्रम ओली

३ श्रावण २०७५, बिहीबार २०:०७
 

सदरलाइनडटकम, 
पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्धभाव कायम नभए राष्ट्रिय एकता कायम हुन नसक्ने बताएका छन् । बिहीबार गण्डकी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता कायम नभएसम्म देशमा विकास हुन नसक्ने कुरामा जोड दिदै भने–‘हामीले विकासका प्रयास चौतर्फी रुपमा अघि बढाउनु पर्नेछ हाम्रोमा विकासका सम्भावना असाधरण छन् । तिनलाई अघि बढाउने इच्छा शक्ति हामीमा हुनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा अझ धेरै सम्भावना रहेको बताउदै यो प्रदेश पौराणिक महत्वको, स्रोतको प्रचुर सम्भावना भएको, नेपाल एकिकरणका ऐतिहासिक प्रारम्भिक थलो पनि यही प्रदेशमा रहेको बताए ।
‘तिब्बतदेखि त्रिवेणीसम्म फैलिएको गण्डकी प्रदेश पर्यटन, उर्जा, शिक्षा, स्वास्थ्यका लागि असाधारण सम्भावना बोकेको ठाउँ हो’–प्रधानमन्त्री ओलीले भने–‘यी सम्भवनालाई उचित प्रयोग गरेर यस प्रदेशलाई समृद्ध बनाउने जिम्मा प्रदेश सरकार र स्थानीय तहको हो । यसमा केन्द्रीय सरकारको भरमुग्ध सहयोग रहन्छ ।’
संघीय संरचना र प्रदेश सरकारको पहिलो अभ्यास भएकोले केही सरकार सञ्चालनमा केही असजिलो भएपनि आफ्नो अनुभवले खारिदै जानु पर्ने प्रधानमन्त्री ओलीले बताए । उनले भने–‘हामी एउटा नौलो अभ्यासमा छौं । यस अघि हामीसंग प्रदेश सरकार सञ्चालन गरेको अभ्यास थिएन । अब आफ्नै अनुभवबाट सिक्दै यस प्रणालीलाई मजवुद बनाउनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले आफ्नो लोकतन्त्रप्रतिको निष्ठामा केही मानिसहरुले शंका गरेको देख्दा आफैलाई अचम्म लागेको बताए । आधा शताब्दी भन्दा बढी समय लोकतन्त्रका लागि आफूले संघर्ष गरेको सम्झदै प्रधानमन्त्री ओलीले भने–‘मैले नेतृत्व गरेको बेला लोकतन्त्र गुम्छ भन्नु आफैंमा हास्यास्पद छ ।’

Next Post

नहर बगाएपछि लघु जलविद्युत् बन्द

३ श्रावण २०७५, बिहीबार २०:०७
जाजरकोट, रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका–७ मा रहेको लाबुर खोला लघु जलविद्युत् आयोजना बन्द भएको छ । अविरल वर्षासँगै आएको बाढीले विद्युत् नहर बगाएपछि विद्युत् उत्पादन सेवा अनिश्चित समयका लागि बन्द भएको हो । ८० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको उक्त हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् करीब एक हजार २०० घरधुरीले प्रयोग […]