बाँकेमा एक वर्षमा भएका सडक दुर्घटनामा ३८ ले ज्यान गुमाए

३ श्रावण २०७५, बिहीबार १९:०३
 

सदरलाइन / राज सुवेदी 
नेपालगन्ज : बाँकेमा भएका सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या वर्षेनी बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकले आर्थिक वर्ष २०७४/०७५को असार मसान्तसम्म सडक दुर्घटनामा परेर ३८ जनाले ज्यान गुमाएको जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा बाँकेमा सडक दुर्घटनामा परेर २७ जनाले ज्यान गुमाएका थिए ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक हिरेन्द्र रोकायले दिएको जानकारी अनुसार सडक दुर्घटनामा परेर ज्यान गुमाउने मध्ये २६ पुरुष, ७ महिला र बालक ५ छन् । उनले बढ्दो सवारी चाप, चालकको लापरवाही मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृति र सडकको बिग्रिदो अवस्थाको कारणले दुर्घटना बढेको पाईएकोे बताए ।
जिल्ला ट्राफिक कार्यालय बाँके आर्थिक वर्ष २०७४/०७५ मा सवारी नियम उल्ङघन गर्नेहरु १९ हजार ५ सयलाई कारवाही गरेको र त्यसबाट १ करोड ९५ लाख ५ सय रुपैया राजस्व संकलन भएको जनाएको छ । यसअघि आर्थिक वर्ष २०७३/०७४ मा गरिएको ११ हजार ७ सय ३१ कारवाहीबाट ६३ लाख ५३ हजार ५ सय राजश्व संकलन भएको थियो । (प्रशिक्षार्थी)

Next Post

सामाजिक सद्भाव नभए राष्ट्रिय एकता कामय हुन सक्दैन : प्रम ओली

३ श्रावण २०७५, बिहीबार १९:०३
सदरलाइनडटकम,  पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्धभाव कायम नभए राष्ट्रिय एकता कायम हुन नसक्ने बताएका छन् । बिहीबार गण्डकी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता कायम नभएसम्म देशमा विकास हुन नसक्ने कुरामा जोड दिदै भने–‘हामीले विकासका प्रयास […]

सम्बन्धित