यात्रुवाहक भ्यान एक आपसमा ठोक्किदा दुईको मृत्यु

१ श्रावण २०७५, मंगलवार २०:११
 

कञ्चनपुर, : कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक आज दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी करीब ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले बताउनुभयो । मृत्यु हुनेमा कैलालीको गोदाबरी नगरपालिका–४ का २४ वर्षीया रीना चौधरी र उनको एक वर्षीय छोरा रिदम रहेको प्रहरीले जनाएको छ ।
महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म १ ज २५० नं भ्यान र धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा १० ज ४९१८ नं को म्याजिक भ्यान एक आपसमा ठोक्किएका हुन् । घाइतेको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भरहेको छ । रासस

Next Post

दरबन्दी एक कर्मचारी दुई ! काजमै करिव ६ वर्ष

१ श्रावण २०७५, मंगलवार २०:११
सदरलाइनडटकम नेपालगन्ज : भेरी अञ्चल अस्पतालको संस्थागत स्वास्थ्य क्लिनिकमा अस्पताल नर्सिङ्ग निरिक्षक पदमा एउटै दरबन्दीमा दुई जना स्टाफ नर्श कार्यरत रहेको पाईएको छ । स्वास्थ्य सेवा विभाग टेकुले २०६९ मंसिर २९ गतेको पत्रले अस्पताल नर्सिङ्ग निरिक्षक प्रमिला गुप्तालाई भेरी अञ्चल अस्पतालबाट क्षेत्रीय अस्पताल सुर्खेतमा सरुवा गरे पनि गुप्ताले २०६९ पुस […]

सम्बन्धित