स्विमिङ पुलमा डुबेर बालिकाको मृत्यु

३२ असार २०७५, सोमबार १९:४३
 

सदरलाइनडटकम  
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका–११ स्थित एनटिभिरोडमा रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सोमबार दिउसो पौने ३ बजे स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो ।
विद्यालय बिदा भएको मौका छोपी साथीहरुसँगै स्विमिङ पुल पुगेकी १० वर्षिया वालिका शर्मा पौडी खेल्ने क्रममा डुबेकी थिईन ।
होटल संचालकले तत्काल उद्धार गरि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा पुर्याए पनि उपचारको क्रममा बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
स्विमिङ पुलमा अपनाउनुपर्ने सावधानी नअपनाएको, लाईफ ज्याकेट समेत उपलब्ध नगराएको पाईएकाले स्विमिङ पुल संचालक ३२ वर्षिय सुर्यदय श्रेष्ठ र २१ वर्षिय विजय शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए । सांकेतिक फोटो : गुगलबाट साभार गरिएको

Next Post

नरैनापुरको दोस्रो गाँउसभाले ल्यायो ४० करोडको बजेट

३२ असार २०७५, सोमबार १९:४३
सदरलाइनडटकम नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाको समबार सम्पन्न दोस्रो गाँउसभाले आर्थिक बर्ष ०७५ / ७६ को लागि ४० करोडको बजेट तथा कार्यकम पारित गरेको छ । गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले गत असार १० गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर बजेट पारित गरिएको जानकारी दिए । गाउँपालिका […]