कोहलपुरमा सुट क्लव सञ्चालनमा

३२ असार २०७५, सोमबार १३:२७
 

सदरलाइनडटकम
कोहलपुर (बाँके) : सुटका पारखीहरुको लागि बाँकेको कोहलपुरमा सुट क्लव सोमबारदेखि सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ मा सञ्चालनमा आएको सो सुट क्लवको नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले रिबन काटेर उद्घाटन गरे ।
नेपाली पोषाकको रुपमा रहेको दौरा सुरवालको लागि काठमाण्डौसम्म जानु पर्ने बाध्यतालाई सम्बोधन गर्ने गरी त्यसका अवला सर्टिङ्ग, सुटिङ्ग, ब्लेजर, टाई, लगायतको सिलाई तथा आवश्यक पर्ने कपडा समेत उपलब्ध गराउने उद्देश्यले सुट क्लव सञ्चालनमा ल्याएको प्रोपराईटर ओविराज खड्काले जानकारी दिए ।
उनले सिलाई तथा कपडामा गुणस्तर कायम गर्नको लागि उच्च प्रविधिका मेसिनहरुको प्रयोग गर्दै ग्राहकलाई उनीहरुले भनेको जस्तो डिजाईनका सबै पोषाक तयार पार्न सुट क्लव सक्षम रहेको बताए । उनले करिव १ करोको लगानीमा सो क्लव सञ्चालनमा आएको र २० बढीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाउने बताए ।
सो अवसरमा नेकपाका नेता रत्न खत्री, नेपाली काँग्रेसका नारायण गौडेल, युवा संघ नेपालका बाँके अध्यक्ष किशोर थापा, इप्रका कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक  यज्ञ  भट्टराई,  तेजबहादुर  सुवेदी, बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्कालगायतको उपस्थिति रहेको थियो ।


Next Post

स्विमिङ पुलमा डुबेर बालिकाको मृत्यु

३२ असार २०७५, सोमबार १३:२७
सदरलाइनडटकम   कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका–११ स्थित एनटिभिरोडमा रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सोमबार दिउसो पौने ३ बजे स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो । विद्यालय बिदा भएको मौका छोपी साथीहरुसँगै स्विमिङ पुल पुगेकी १० वर्षिया […]

सम्बन्धित