संसद्लाई कसैको स्वार्थ पूरा गर्न प्रयोग गर्नुहुँदैन : प्रधानमन्त्री

२९ असार २०७५, शुक्रबार २०:३५
 

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चासोका विषयमा बहस गर्ने थलो संघीय संसद्लाई कोही मान्छेको स्वार्थ पूरा गर्ने गरी प्रयोग गर्न नहुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नं प्रदेशका सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले एउटा निहुँ झिकेर दुईजना सांसद ठिंग उभिँदा संसद्का सबै गतिविधि अवरुद्ध हुनुहुँदैन भन्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले झिनामसिना कुरा झिकेर संसद्को कारबाही अवरुद्ध गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले दुईचारजना मानिसले गलत नियतले संसद् रोक्दैमा अब नरोकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले साउन महिना भित्रै पार्टीका सबै कमिटीलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्दै देश विकासमा ध्यान दिन ३ नं प्रदेशका सबै सांसदलाई अपिल गर्नुभयो ।


सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकार असफल नहुने र जनताको भरोसालाई सधैँ शिरोधार्य गर्ने बताउनुभयो ।

सांसदहरु कृष्णभक्त पोख्रेल, रामनारायण विँडारी, पार्वत गुरुङ, विरोध खतिवडा, महेश बस्नेत, कृष्णराज दाहाल, अञ्जना विशंखे, बिमला पौडेल राई, सुजिता शाक्य, कृष्ण राई, हितबहादुर तामाङ, गोमा देवकोटा लगायतले समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको  थियाे ।  (रासस)

Next Post

जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी

२९ असार २०७५, शुक्रबार २०:३५
युवराज पाण्डे बुटवल : कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बताउनुभएको छ । आज तिलोत्तमा नगरपालिपाकाको मणिग्राममा गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरण समारोहमा उहाँले भन्नुभयो, “कृषि भूमिको संरक्षण हुनेगरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी सरकारको छ ।” मन्त्री खनालले […]