महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा छात्रबृत्ति वितरण

२७ असार २०७५, बुधबार २०:०१
 

सदरलाइनडटकम
नेपालगन्ज : महालक्ष्मी विकास बैंक लिमिटेड नेपालगन्जले ५ जना सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपालगन्ज उप–महानगरपालिका–१ को धम्वोझी माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत जेहन्दार तथा गरीब ५ जना विद्यार्थीलाई नगद रकम सहित छात्रबृत्ति बितरण गरीएको हो ।
नेपालगन्ज उप–महानगरपालिका–१ का वडा अध्यक्ष प्रमोद रिजाल र बैंकका प्रबन्धक राजेन्द्र शाहले संयुक्त रुपमा बुधबार आयोजित एक कार्यक्रमका विच जनही ५ हजारका दरले सो विद्यालयका ५ जना विद्यार्थीलाई रकम प्रदान गरे ।
शाखा कार्यालयका प्रवन्धक शाहले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई बैंकले निरन्तरता दिने प्रतिबद्धता जनाए ।   

Next Post

२८ आषाढ २०७५ बिहिवारको राशिफल

२७ असार २०७५, बुधबार २०:०१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । कार्य शिद्धिको योग छ । शिक्षामा सफलता मिल्नेछ । रोमाञ्चक यात्रा हुनेछ ।   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन […]