मजदुरको तलव १३ हजार ४५० सिफारिस

२५ असार २०७५, सोमबार १४:५८
 


सदरलाइनडटकम
नेपालगन्ज :  सरकारले आन्तरिक मजदुरको तलव तोक्ने भएको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १३ हजार ४५० रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो । अब श्रम तथठा रोजगार मन्त्रालयले सोमबार नै यसबारे अन्तिम निर्णय लिनेछ ।
यसअघि मजदुरको न्यूनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ३७ सय ५० रुपैयाँ थप्ने गरी समितिले सिफाररिस गरेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुनेछ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १६ हजार पुग्नेछ ।
सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ । समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिँदैछ ।

Next Post

विजय पेलेट दानाको उत्पादन सुरु

२५ असार २०७५, सोमबार १४:५८
सदरलाइनडटकम  कोहलपुर (बाँके) : नेपाल वेल होप एग्रीटेक इन्डस्ट्रीज प्रालिको विजय पेलेट दानाले आफ्नो उत्पादन सुरु गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतिपुर अवस्थित प्रालिले प्रति घण्टा २० टन दाना उत्पादन गर्ने गरी करिब ५० करोडको लगानीमा सोमबारबाट आफ्नो उत्पादन सुरु गरेको हो । नेपालकै पहिलो दाना उत्पादकका […]