विपद जोखिम न्यूनिकरणका लागि विद्यालयमा कृतिम घट्नाको अभ्यास

२४ असार २०७५, आईतवार २३:०१
 

सदरलाइनडटकम
नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाका बिभिन्न विद्यालयका बालबालिका, अभिभावक र शिक्षकहरुलाई विपद जोखिम न्यूनिकरण बारे सचेतनामुलक अभियान संञ्चालन गरिएको छ । जिल्ला मै सबैभन्दा बढी बाढी आउने, आगलागी हुने र भुकम्प जस्ता विपदको अत्याधिक जोखिममा रहेको कारण सो क्षेत्रका विद्यालयमा अभियान सञ्चालन गरिएको हो ।
राप्तीसोनारी गाउँपालिकाका संभावित जोखिममा रहेका विभिन्न विद्यालयका बालबालिकालाई आगलागी, भूकम्प र बाढी आएको बेला कसरी जोगिने र अरुलाई पनि जोगाउने भन्ने विषयमा तालिम दिने उदेश्यका साथ कृतिम घटना अभ्यास गराएर उनीहरुलाई सचेत बनाईन थालिएको हो ।
सो क्रममा राप्तीसोनारी ६ स्थित नेपाल राष्टिय आधारभूत विद्यालय गुलरी र सुकमैया प्राथमिक विद्यालय कमैयाडाँडामा अध्ययनरत बालबालिकालाई आगलागि र भूकम्पको कृतिक घट्ना अभ्यास गराएर सचेत पार्ने कार्य गरिएको आयोजक बाँके युनेस्को क्लवका अध्यक्ष प्रवेज अलि सिद्दिकीले जानकारी दिए ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालन गरिएको बाढी प्रभावित बालबालिकाहरुका लागि शिक्षा पुनस्र्थापना कार्यक्रम अन्तर्गत कृतिम घट्ना अभइास गराएर सो सचेतना अभियान संचालन गरिएको हो ।
सो अभियानबाट बिद्यालयमा अध्ययनरत सयौं बालबालिका, उनका अभिभावक र शिक्षकहरु सचेत हुनुका साथै त्यस्तो समय आएमा कसरी जोगिने र जोगाउने भन्ने तरिका उनिहरुले सिकेको बाँके युनेस्को क्लबका अध्यक्ष सिद्दिकीले बताए ।
उनले सो गाउँपालिकाका विद्यालयहरुमा बाढी, आगलागी र भूकम्प जस्ता विपदबाट सचेत रहने र जोखिम न्यूनिकरण गर्ने कार्य उक्त अभियानबाट भैरहेको बताए ।
यसैक्रममा राप्तीसोनारी–६, गुलरीस्थित नेपाल राष्टिय आधारभुत विद्यालयमा आगलागीका बारेमा कृतिम घटना अभ्यास गरिएको थियो । आगलागी मान्छेकै कमजोरीले लाग्ने, त्यसलाई रोक्न तथा कथमकदाचित आगो लागि हाले सोबाट बच्ने उपायका बारेमा नाटक गरेर देखाइएको थियो ।
विद्यालयमा आगलागी भयो भने कसरी बाँच्ने, आगो लाग्न नदिन के–के गर्ने, आगलागी हुँदा हुने नोक्सानीका बारेमा विद्यार्थी र स्थानीयवासीलाई राखेर कृतिम घटना अभ्यास गरिएको थियो ।
सोही प्रकारले राप्तीसोनारी–६, कमैयाडाँडास्थित सुकमैया प्राथमिक विद्यालयमा भूकम्प आएमा कसरी जोगिने अनि कसरी बाहिर निस्कने तथा कोही घाइते भएमा कसरी उपचार गर्ने गराउने बारेमा कृतिम घट्ना अभ्यास गराईएको थियो । सो अवसरमा बालबालिकाले गरेको नाटकबाट त्यहाँ रहेका सयौं सर्वसाधारणले पनि सचेत हुने अवसर पाएको सो कार्यक्रमका कार्यक्रम संयोजक साजिद अली सिद्दिकीले जानकारी दिए ।
दुबै विद्यालयमा संचालन गरिएको कृतिम घट्ना अभ्यासमा बालबालिका, अभिभावक र शिक्षक गरेर करिब ४ सय ५० बढीको सहभागिता रहेको थियो ।
विद्यालयमा पहिलो पटक गरिएको उक्त अभ्यासबाट बालबालिकाले धेरै कुरा सिक्ने अवसर पाएको र सो अभ्यास तथा कार्यक्रम निकै उपलब्धीमूलक रहेको राप्तीसोनारी–६, कमैयाडाँडास्थित सुकमैया प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर पुनले बताए ।
यस्तो प्रकारको कृतिम अभ्यास आफ्नो विद्यालयमा पहिलो पटक गरिएको जनाउँदै यसले ठुलो सचेतना फैलाएको राप्तीसोनारी–६, गुलरीस्थित नेपाल राष्टिय आधारभुत विद्यालयका छात्रा समिता थारुले बताईन ।
यस्तो कृतिम अभ्यास र सचेतनामूलक अभियानले विद्यार्थी र अभिभावकलाई विपदबाट जोगिन ठुलो सहयोग पुग्ने राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुले विश्वास व्यक्त गरे ।  

Next Post

मजदुरको तलव १३ हजार ४५० सिफारिस

२४ असार २०७५, आईतवार २३:०१
सदरलाइनडटकम नेपालगन्ज :  सरकारले आन्तरिक मजदुरको तलव तोक्ने भएको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १३ हजार ४५० रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो । अब श्रम तथठा रोजगार मन्त्रालयले सोमबार नै यसबारे अन्तिम निर्णय लिनेछ । यसअघि मजदुरको न्यूनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो […]

सम्बन्धित