सदरलाइनडटकम
नेपालगन्ज : प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ आइतवार नेपालगन्जमा प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ भव्य रुपमा मनाइएको छ । प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान नेपालगन्जमा विभिन्न विद्यालयको अगुवाईमा मनाईएको हो ।
राष्ट्रिय जागरण अभियानमा विद्यार्थी, शिक्षकहरुले ¥याली निकालेर मनाएका छन् । नेपालगन्जको विपी चोकदेखि सुरु भएको ¥याली त्रिभुवन चोक, त्रिवेणीमोड, घरवारी टोल हुदै धम्बोझी चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाले नेपालगन्ज उपमहानगरपालिका यस क्षेत्रकै प्राविधिक शिक्षाको हवको रुपमा परिचित भएको जानकारी गराईन ।
कुनै पनि विषयलाई प्राविधिलाई जोडेर लाने हो भने छिटो छरितो मात्र नभई समयमै राम्रो रिजल्ट दिन सकिने एकमात्र शिक्षा प्राविधिक शिक्षा रहेको उनले बताईन । अन्य शिक्षा भन्दा प्राविधिक शिक्षा एक कदम अगाडी रहेको उपमेयर थापाले बताए । प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान अभियानमा मात्रा सिमित नरही यसको सदुपयोग गर्न उपमेयर थापाले अनुरोध गरे । प्राविधिक शिक्षामा सामेल हुन गाउँ गाउँ र बस्ती बस्तीबाट उठ्नु पर्ने भेरी प्राविधिक शिक्षा कार्यालयका प्रमुख भिमकान्ता लामिछानेले धारणा राखे । ७० प्रतिशत प्राविधिक शिक्षा सिकेर यो देशलाई आमुल परिवर्तन गरिनुपर्ने बताए ।
प्राविधिक शिक्षामा नेपालगन्ज हवको रुपमा अग्रसर भएको हुनाले यसलाई प्राविधिक शिक्षा घरघरमा हुन जरुरी रहेको फोरम फोर हेल्थ एण्ड टेक्निकल साइन्सका केन्द्रिय महासचिव संजय सिंहले जानकारी गराए । सरकारको अवधारणा अनुसार हरेक स्थानिय तहमा एकवटा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको हुनाले यसमा सवैले उत्तिकै चासो दिन आवश्यक रहेको कुरामा उहाँले जोड दिए । विभिन्न विद्यालयको अगुवाईमा भएको प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान ¥यालीमा विद्यार्थीहरुले प्राविधि मैत्री नाराहरु समेत लगाएका थिए ।