बाँकेका जनप्रतिनिधिलाई एकीकृत सम्पत्ती कर बारे अभिमुखिकरण

२३ असार २०७५, शनिबार १९:४१
 

सदरलाइनडटकम
नेपालगन्ज : एकीकृत सम्पत्ति करको बारेमा बाँकेका सबै स्थानीय तहका जनप्रतिनिधि तथा लेखाका कर्मचारीलाई अभिमुखिकरण गरिएको छ ।
जिल्ला समन्वय समिति बाँकेले संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयको आर्थिक सहयोगमा बाँकेका आठवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, लेखा समिति तथा राजस्व समितिका संयोजक र लेखाका कर्मचारी समेतलाई एकीकृत सम्पत्ति करको बारेमा अभिमुखिकरण गरिएको जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
एकीकृत रुपमा करतिर्ने बानी बसाउनको लागि मन्त्रालयको सहयोगमा जिल्ला समन्वय समिति बाँकेले तीन दिने अभिमुखिकरणको आयोजना गरेको उनले बताए ।
गत शुक्रबारदेखि नेपालगन्जमा सञ्चालनमा रहेको सो अभिमुखिकरणमा कर विज्ञका रुपमा कोपिला पोख्रेल र आशा मल्लले सहजिकरण गरिरहेको जिल्ला समन्वय समिति बाँकेका सामाजिक विकास अधिकृत मिनबहादुर मल्लले जानकारी दिए ।  

Next Post

२४ आषाढ २०७५ आइतवारको राशिफल

२३ असार २०७५, शनिबार १९:४१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । […]