डुडुवाको विधेयक समितिद्वारा ऐन तथा कार्यविधी निमार्णका लागि सिफारिस

२३ असार २०७५, शनिबार १९:१८
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) :  डुडुवा गाउँपालिकाको विधेयक समितिले विभिन्न ऐन तथा कार्यविधी निमार्णका लागि सिफारिस गरेको जनाएको छ ।
समितिले न्यायिक समिति कार्यविधी ऐन २०७५ नयाँ बनाउने र आर्थिक ऐन र विनियोजन ऐन र शिक्षा ऐन २०७५ पहिलो संशोधन गर्नका लागि गाउँसभामा सिफारिस गरेको छ ।
यस्तै शिक्षा नियमावली २०७४ पहिलो संशोधन, सार्वजनिक खरिद नियमावली २०७५,‘घ’ वर्गको निमार्ण व्यवसाय इजाजत पत्र सम्वन्धी कार्यविधी २०७५, सहकारी नियमावली २०७५, एकीकृत सम्पत्ती कर कार्यविधी २०७५ विपत व्यवस्थापन कार्यविधी २०७५, सामाजिक सुरक्षा सम्वन्धी कार्यविधी २०७५को कार्यविधी, नियमावली निमार्णका लागि सिफारिस गरिएको हो ।
समितिका संयोजक लिलावती यादवले गाउँपालिकालाई आवश्यक पर्ने ऐन कानून र कार्यविधी निमार्णका लागि कार्यपालिका र गाउँसभामा पठाइएको जानकारी दिए ।

Next Post

बाँकेका जनप्रतिनिधिलाई एकीकृत सम्पत्ती कर बारे अभिमुखिकरण

२३ असार २०७५, शनिबार १९:१८
सदरलाइनडटकम नेपालगन्ज : एकीकृत सम्पत्ति करको बारेमा बाँकेका सबै स्थानीय तहका जनप्रतिनिधि तथा लेखाका कर्मचारीलाई अभिमुखिकरण गरिएको छ । जिल्ला समन्वय समिति बाँकेले संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयको आर्थिक सहयोगमा बाँकेका आठवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, लेखा समिति तथा राजस्व समितिका संयोजक र लेखाका […]