विद्यार्थीको अनशन जारी

२२ असार २०७५, शुक्रबार १३:४५
 

सुर्खेत, कर्णाली प्रदेशको जुम्लामा डा. गोविन्द केसी अनशनरत रहेकै बखत सुर्खेतमा पनि इन्जिनियरिङ्ग विद्यार्थीको भविष्य सुरक्षाका लागि विद्यार्थीहरू अनशन बसेका छन् ।
पछिल्लो आन्दोलन अन्तर्गत असार ५ गते इन्जिनियरिङ्ग संकायमा विद्यार्थीहरुले स्वायत्त इन्जिनियरिंग क्याम्पसको माग गर्दै तालाबन्दी गरेका थिए । सबै शान्तिपूर्ण आन्दोलनको क्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय कुइनेपानीमा लगाइएको ताला विश्वविद्यालयका पदाधिकारीहरुले आफूखुसी ढंगले गुण्डागर्दी प्रवृत्ति देखाइ फोडिएपछि आफूहरु आक्रोशित भई केन्द्रीय कार्यालय तोडफोड गरेको विद्यार्थीहरु बताउँछन् । प्रहरी दमन र विश्वविद्यालय पदाधिकारीको गुण्डागर्दीशैलीको विरोध र आफ्ना मागहरूको सुरक्षाको लागि संघर्ष समितिका विद्यार्थीहरु मिलन बुढाक्षेत्री, रोशन बस्नेत र रत्न शर्मा यही असार २० गतेदेखि इन्जिनियरिंग केन्द्रीय क्याम्पसको गेटअगाडि आमरण अनशनमा बसेका हुन् । आज आमरण अनसन बसेको तेस्रो दिन भइसक्दा पनि विश्वविद्यालयमा पदाधिकारीहरुले अनसनरत विद्यार्थीहरुको माग सुन्न तयार नभएको अनशनरत विद्यार्थीहरु बताउँछन् । अनशनरत एक जना विद्यार्थीको स्वास्थ्य अवस्थ गम्भीर भई नर्सिंग होममा भर्ना गरिएको छ ।


Next Post

महिलालार्इ यौनसम्पर्कको कस्तो शैली मन पर्छ ? अध्ययन यसो भन्छ

२२ असार २०७५, शुक्रबार १३:४५
कुन मानिसलाई कस्तो खालको यौन सम्पर्कको शैली मन पर्दछ भन्ने कुरा समग्रमा भन्न गाह्रो हुन्छ, किनकि मानिसका रुची फरक फरक हुनसक्छन् । हालै एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको छ । महिलाहरुलाई यौन सम्पर्कका बेला के गरेको मन पर्दछ ? कस्तो खालको संसर्गको शैली मन पर्दछ ? […]