जथाभावी औषधिको प्रयोग नगर्न चिकित्सक स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

२२ असार २०७५, शुक्रबार ११:५४
 

सदरलाइनडटकम
नेपालगन्ज : जथाभावी औषधि प्रयोगको र त्यसको असर बारे बाँकेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।
स्वास्थ्य मन्त्रालय संघिय कार्यान्वयन ईकाईका संयोजक मो. दाउदले उद्दघाटन गरेको सो कार्यक्रममा भेरी अञ्चल अस्पताल नेपालगन्ज, तथा जिल्ला जनस्वास्थ्य कार्यालय बाँके अन्तरगत कार्यरत चिकित्सकहरुको सहभागिता रहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य अधिकृत खिमबहादुर खड्काले दिएको जानकारी अनुसार सो कार्यक्रममा जथाभावी औषधिको प्रयोगले मानव जीवनमा परेको असर सानो रोग पनि विस्तार्रै जटिल हुने गरेकोले स्वास्थ्यकर्मीलाई अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
उनले जथाभावि औषधिको प्रयोगले मानव जीवनमा पारेको असरबारे स्वास्थ्यकर्मीले जानकारी पाए औषधिको दुरुपयोग रोकिने र स–सानो रोग पनि जटिल हुन नपाउने विश्वास गरिएकोले कार्यक्रम आयोजना गरिएको बताए ।
दुईदिनसम्म सञ्चालनमा रहेको सो कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन तथा जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द, डा. कृष्ण आचार्य, डा. सन्तोस श्रीपाईली, भिष्मा प्रसाद पोख्रेललगायतले सो कार्यक्रमममा सहजिकरण गरेका थिए ।  

Next Post

विश्वकप क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम भिड्दै

२२ असार २०७५, शुक्रबार ११:५४
काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारबाट सुरु हुँदैछ । रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुने छ ।   फ्रान्स गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । यसैगरी […]