पुर्व राजा ज्ञानेन्द्र शाह नेपालगन्ज आउँदै

१९ असार २०७५, मंगलवार १८:१३
 


सदरलाइनडटकम
नेपालगन्ज :  आफनो जन्मउत्सब नेपालगन्जमै मनाउने उदेश्यका साथ पुर्वराजा ज्ञानेन्द्र नेपागन्ज आउने भएका छन् । पुर्व राजा आफनो जन्मउत्सब मनाउन नेपालगन्ज आउनेभएपछी नेपालगन्जमा पुर्वराजाको जन्मउत्सब मनाउन नागरिक मुल समारोह समिति गठन गरिएको छ । नेपालगन्जको सेतुबिक चोकमा कार्यालयनै स्थापना गरि पुर्वराजाको जन्मउत्सब भब्य रुपमा मनाउने तैयारी गरिएको छ ।
नेपालगन्ज २ का भुवन कृष्ण श्रेष्ठको संयोजकत्वमा नागरिक मुल समारोह समिति गठन गरिएको हो । पुर्वराजाको नेपालगन्ज बिमानस्थलमा जनस्तरबाट भब्य स्वागतको तैयारी भैरहेका श्रेष्ठले बताए ।
पुर्वराजाको ७२ औ जन्मउत्सब मनाउनका लागि नेपालगन्जमा बिभिन्न उपसमितिहरु समेत गठन गरिएको नागरिक मुल समारोह समितिका महासचिब भिमबहादुर शाहीले जानकारी दिए ।
पुर्व राजा ज्ञानेन्द्र शाहको यही असार २३ गते जन्मदिन परेको छ । पुर्व राजाको नेपालगन्जको होटल सोल्टीमा जन्मउत्सब मनाउने तयारी गरिएको छ । लामो समयसम्म नेपालगन्जमै रहने भएपछी पुर्वराजाको धार्मिक भेटघाट र राजनीतिक भेटघाट समेत रहने अनुमान गरिएको छ ।

Next Post

१९ असार २०७५, मंगलवार १८:१३