भारतले दशगजामा बनाएको सडकको कारण सीमा क्षेत्रका घर डुबानमा

१९ असार २०७५, मंगलवार १२:५०
 

सदरलाइनडटकम 
नरैनापुर (बाँके) : भारतले अन्तर्राष्ट्रिय नियम विपरित सीमाको दश गजामा नै प्राकृतिक बहाव समेत रोक्ने गरी निर्माण गरेको सडकका कारण नरैनापुरका विभिन्न बस्तीहरु डुवबनमा पर्न सुरु भएका छन् ।
आईतबारदेखिको अविरल बर्षापछि कट्कुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरका दर्जनौं घर डुबानमा परेका छन् । सीमा क्षेत्रमा बाँध जस्तो सडक भएका कारण पानीको सहज निकास नभएर सीमा क्षेत्रका घरहरु डुबेका हुन् ।
‘एक त लक्ष्मणपुर बाँध र कल्कलवा तटबन्धले बर्षेनी डुबान हुन्थ्यो, अब त झन् भारतले सीमामा बाँध जस्तो सडक बनाएपछि समस्या थपिएको छ,’ नरैनापुर गाउपालिकाका अध्यक्ष मो ईस्तियाक शाहले भने । उनले आफुले जिल्लाका अधिकारी तथा माथिल्लो निकायमा सो सडकको बारेमा जानकारी गराउदा कसैले पनि चासो नलिएको कारण यस्तो भएको दुखेसो पोखे ।
सो वर्षाको कारण मातनिया र बनिया गाउँका १५ बढी घरमा पानी पसेर विचल्ली भएको कट्कुइँयाका स्थानीय सहाजद अलि जोलाहले बताए ।
नरैनापुरका ५०/६० घरमा पानी पसेर क्षति  पुर्याएको जानकारी आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । नरैनापुरका वडा  नम्बर ५ मटेहिया र वडा नम्बर ६ गंगापुरका राप्ती नदी तटीय बस्तीहरु बाढीको जोखिममा पर्दै आएकोमा पछिल्लो समय भारतले सीमामा बनाएको बाँधजस्तो सडकका कारण अन्य वडाहरु पनि डुबानमा पर्ने अवस्था आएको हो । नदी तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँमा आएर बस्न गाउँपालिकाले आग्रह गरेको छ ।

Next Post

बाँकेको ‘कर्णाली’ नरैनापुरको नेपालगन्जसंग सडक सम्पर्क बिच्छेद भयो

१९ असार २०७५, मंगलवार १२:५०
सदरलाइनडटकम   नेपालगन्ज : आईतबार रातीदेखि परेको अविरल वर्षाका कारण बाँकेको ‘कर्णाली’ नरैनापुर गाउँपालिकासंग सदरमुकाम नेपालगन्जको सडक सम्पर्क बिच्छेद भएको छ । सो गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले अविरल वर्षापछि नेपालगन्जबाट नरैनापुर आउने सडक पूरै अबरुद्ध भएको बताए । उनले हुलाकी सडक निर्माणका क्रममा भएको लापरबाही र पुल निर्माणको काममा ढिलाई […]

सम्बन्धित