ईमेश श्रेष्ठ भए ‘मिस्टर वडानं.४’

१६ असार २०७५, शनिबार १९:१७
 

सदरलाइनडटकम 
नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडानंं.४ ले वडा स्तरिय प्रथम ‘मिस्टर वडानं.४’ शारिरिक सुगठन प्रतियोगिताको आयोजना गरिएको छ ।
सो प्रतियोगितामा गोल्ड जिमका इमेश श्रेष्ठले मिस्टर वडाको उपाधि जितेका छन् । ५५ केजी समुहमा गोल्डका योगेन्द्र आले प्रथम, फ्रेन्डसीप क्लबका गोविन्दप्रसाद गुप्ता द्वितीय र गोल्डका विधान जोशी तृतीय भए ।
यसैगरी ६० केजीमा फ्रेन्डसीप क्लबका चुनकुल शाही प्रथम, गोल्डका दिपेन्द्र चौधरी द्वितीय र फ्रेन्डसीपका जिवन रावत तृतीय भए । ६५ केजीमा गोल्ड जीमका इमेश श्रेष्ठ प्रथम, गोल्डकै सुभम गुप्ता दोश्रो र सोही क्लबका मुस्ताक कुरैशी तेश्रो भए ।
७० केजीमा गोल्डका किरण आले प्रथम, फ्रेन्डसीप क्लबका सुनील दबेल दोश्रो तथा कमल खड्का तेश्रो भए । ७५ केजीमा गोल्डका रोजित शाह प्रथम, फ्रेन्डसीप क्लबका सुमित केसी दाश्रो र गोल्डका शिव कुमार बनिया तेश्रो भए ।
७५ प्लसमा गोल्डका अभिषेक श्रेष्ठ प्रथम भए । फ्रेन्डसीप क्लबका चुनकुल शाही बेस्ट पोजर घोषित भए । प्रतियोगितामा विजयी खेलाडीहरुलाई मेडल सहित प्रमाण पत्र वितरण गरिएको गोल्ड जिमका संचालक राकेश शाहले जानकारी दिएका छन ।

Next Post

बर्दियाको भूरीगाउँमा अस्तव्यस्त सवारी पार्किङ्ग

१६ असार २०७५, शनिबार १९:१७
सदरलाइनडटकम भुरीगाउँ (बर्दिया) : पर्यटकिय जिल्लाको रुपमा चिनिएको बर्दियाको भुरीगाउँ बजारको ट्राफिक व्यवस्था सुधारको लागि सर्वसाधारणले आग्रह गरेका छन् । ठाकुरबाबा नगरपालिका भूरिगाउमा नगरबस, पूर्व–पश्चिम राजमार्गमा सञ्चालन हुने सवारीका साधन यत्रतत्र जाहापायो त्यही रोकेर पार्किङ्ग गरि दिदा सर्वसाधारणलाई असहज भएको स्थानीय रुद्र खड्काले गुनासो गरे । उनले पर्यटकिय नगरपालिका भएको […]

सम्बन्धित