स्वास्थ्यकर्मीलाई प्रकोपजन्य रोग पहिचान बारे अभिमुखिकरण

१६ असार २०७५, शनिबार १८:४५
 

सदरलाइनडटकम
कोहलपुर (बाँके) : बर्षातको मौसममा फैलन सक्ने रोग र त्यसको निराकरणको लागि जिल्ला जनस्वस्थ्य कार्यालय बाँकेले विभिन्न गतिविधी सञ्चालनमा ल्याएको छ ।
सोही क्रममा कोहलपुरमा शनिबार पब्लिक प्राईभेट सेक्टरको पारामेडिक्स तथा प्राक्टिसनरहरुलाई प्रकोप जन्य रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन तथा जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
उनले सो कार्यक्रमले प्रकोपको बेलामा प्रभावित क्षेत्रका जनताले सहज स्वास्थ्य सुविधा पाउन सकुन भन्ने उद्देश्यले अभिमुखिकरण गरिएको बताए ।
सो कार्यक्रमलाई खजुरा स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा.सन्तोष सिर्पाइली, लक्षमणपुर स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा.भिषमा पोखरेल, जनस्वास्थ्य अधिकृत चन्द, ल्यावटेक्नेसियन केशव ज्ञवाली, भेक्टर कन्ट्रोल सहायक रत्नलाल शर्मा, भेरी अञ्चल अस्पतालका मेडिकल रेकर्डर अरुणदेव खनालले सहजिकरण गरेका थिए ।  

Next Post

खजुरामा कम्प्युटर तालिमको समापन

१६ असार २०७५, शनिबार १८:४५
सदरलाइनडटकम खजुरा (बाँके) : बाँकेको खजुरा गाउपालिकाका वडानं. ३ र ४ का युवालाई लक्षित गरी सञ्चालन गरिएको तीन महिने आधारभुत कम्पयुटर तालिम तथा कम्प्युटर अपरेटर तयारी कक्षा समापन भएको छ । खजुरा गाउपालिका वडानं. ३ र ४ को आर्थिक सहयोग तथा रेडिकल कम्प्युटर सेन्टरको आयोजनामा सुरु भएको सो तालिमको शनिवार […]