नेपाल मुद्रण उद्योग संघ बाँकेमा बस्नेत

१६ असार २०७५, शनिबार १७:५८
 

सदरलाइनडटकम
नेपालगन्ज  : नेपाल मुद्रण उद्योग संघ बाँकेको साधारण सभाले मुद्रण उद्योग व्यवसायी श्रीमती कुशुम बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रवारको साधारण सभाले सर्वसम्मत रुपमा बस्नेतको अध्यक्षतामा समिति चयन गरेको हो ।
२०६९ सालमा दर्ता भएको भएको, तर लामो समयदेखि निस्क्रीय रहेको सो संघमा आवद्ध बाँकेका मुद्रण व्यवसायीहरुको साधारण सभाले सर्वसम्मत रुपमा चयन गरेको कार्यसमितिको उपाध्यक्षमा चिन्तामणि उपाध्याय कोहलपुर, मीना ढकाल नेपालगन्ज, सचिव कृष्ण कँडेल, कोषाध्यक्ष मोहम्मद वहाब खान, सहसचिवमा विनोद पौडेल चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा हरि ज्ञवाली, सुरज श्रेष्ठ र नोख राज रावत रहेका छन । भने साधारण सभाले वरिष्ठ सल्लाहकारमा पूर्णलाल चुके तथा सल्लाहकारमा ज्योतिप्रसाद भण्डारी र रामबहादुर थापालाई सर्वसम्मत रुपमा चयन गरेको छ । नेपालगन्जमा सम्पन्न सभामा वरिष्ठ सल्लाहकार चुके, सल्लाहकारद्वय भण्डारी र थापालाई खादा ओढाएर सम्मान गरिएको थियो ।
साधारण सभामा सचिव कृष्ण कँडेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मोहम्मद वहाब खानले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र आर्थिक वर्ष ०६९/०७० देखि २०७३/०७४ सम्मको लेखा परीक्षण प्रतिवेदन माथि व्यापक छलफल गरी सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
४४ जना मुद्रण व्यवसायीहरु आवद्ध संघको सभाको अन्तिममा अध्यक्ष बस्नेतले धन्यवाद ज्ञापन गर्दै मुद्रण व्यवसायीहरुको हक हितको संरक्ष्णका लागि एकतावद्ध हुन आव्हान गरेकी छन् ।

Next Post

देशमा प्रशासनिक संक्रमणकाल छ :  मन्त्री पण्डित

१६ असार २०७५, शनिबार १७:५८
सदरलाइनडटकम नेपालगन्ज :  संघीय मालिमा तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयता कार्यान्वयनमा अनेकन सास्ती र अन्यौलता भएपनि समन्वय र सहकार्यात्मक रुपमा अघि बढनु बाहेकको विकल्प नभएको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले विहान कार्यालयमा गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पण्डितले राजनीतिक र संवैधानिक संक्रमण सकिएपनि प्रशासनिक संक्रमण बाँकी रहेकाले सम्वेदनशिल र […]