ट्रान्समिटर पड्कियो, राप्तीसोनारीमा दुई जनाको मृत्यु

१६ असार २०७५, शनिबार ०९:२३
 


सदरलाइनडटकम
नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका—६ लक्ष्मीपुरमा शनिबार बिहान ३ बजेतिर बिद्युतको ट्रान्समिटर पड्किएर गाउँमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । थुप्रै घाइते भएका छन् ।
मृत्यु हुनेमा सुरेश चौधरी, टिकाराम चौधरी छन् । तिला शाही, कमला बुढाथोकी, दिनेश बुढाथोकी लगायत छन् । सामान्य घाइतेको स्थानीय मेडिकल उपचार भइरहेको छ भने तिला शाहीलाई थप उपचारका लागि नेपालगन्ज ल्याईएको छ । जिल्ला प्रहरी प्रहरी कार्यालय बाँके एसपी टेकबहादुर तामाङ्गले हाईभोल्टेज कारण ट्रान्समिटर पड्किएको र त्यसपछि दुर्घटना भएको बताए ।
अहिले सो क्षेत्रमा बिद्युत प्राधिकरणका कर्मचारी गएर अवस्था बुझिरहेका छन् । मृतकको शव भेरी अन्चल अस्पतालमा रहेको छ । घटना भएको वडाका अध्यक्ष जनक चौधरीले पुरै गाउँमा रहेका मिटरहरु समेत जलेको बताए । उनले मृतकहरुलाई उचित क्षतपुर्ती दिनुपर्ने र यस्ता कार्य नदोहोरियोस् भन्नका लागि सचेत हुनुपर्ने वातावारण बनाउनुपर्ने बताए ।

Next Post

नीतिगत सुधारका कारण पुनःनिर्माणमा तीव्रता

१६ असार २०७५, शनिबार ०९:२३
काठमाडौँ, निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिलाई स्थानीयस्तरमा खटाउने लगायत नीतिगत व्यवस्थाका कारण निजी आवास पुनःनिर्माणले तीव्रता पाएको छ । भूकम्पले घर भत्किई पुनःनिर्माण शुरु भएका निजी घर पाँच लाख नाघेको छ । निजी आवासका लागि अनुदान सम्झौता गरिएका कूल सात लाख २० हजार ७४३ […]