कुलत बिरोधी अभियानताको सम्झना

१४ असार २०७५, बिहीबार १४:०७
 


सदरलाइनडटकम
नेपालगन्ज :  जिवनकालभर लागुऔषध बिरुद्धको अभियानमा सक्रिय रंहदा बिभिन्न कारणले ज्यान गुमाएका नेपालगन्जका अभियानता नयन रावल, बिश्वम्भर श्रेष्ठ, बासु रानालाई स्मरण गरिएको छ । सरोकारवाला निकायका अगुवाहरुले बिश्व लागुऔषध बिरुद्धको दिवशको अवसर पारेर बुधवार राती गणेशमानचोकमा तीन जनाको सम्झना गरे ।
लागुऔषध दुव्र्यसन बिरुद्धको अभियानमा सक्रिया रंहदा उनीहरुले दुव्र्यसनबाट धेरै युवाहरुलाई सही बाटो देखाएको परिवर्तन समूहका अध्यक्ष प्रविण बिसीले बताए । उनले भने,—‘त्यही कारण उहाँहरुलाई हामीले सम्झिएका छौं ।’ लागुऔषध बिरुद्धको अभियानमा तीन जनाको महत्वपुर्ण भुमिका रहेको पनि उनले बताए ।
यसैबीच बिहिवार बिहान लागुऔषध दुव्र्यसन बिरुद्धको अभियानताको जिल्लास्तरिय समन्वय बैठक बसेको छ । बैठकले बिभिन्न बिषयमा छलफल गरेको परिवर्तन समूहकी कार्यक्रम अधिकृत इन्द्रा जिसी रावलले बताईन ।

Next Post

निगमका कर्मचारीको चुनाव सकियो

१४ असार २०७५, बिहीबार १४:०७
सदरलाइनडटकम नेपालगन्ज :  नेपाल आयल निगम अन्र्तगत आधिकारिक टे«ड यूनियनको चुनाव सम्पन्न भएको छ । बिहिवार आयल निगम क्षेत्रीय कार्यालय राँझामा कर्मचारीहरुले मत हाले । चुुनाव उत्साहजक तरिकाले सम्पन्न भएको कर्मचारीहरुले बताएका छन् । चुनावी नतिजा आफ्नो पक्षमा पार्नका लागि आन्तरिक दौडधुप र प्रचास प्रसारमा लागेका थिए । चुनावमा कर्मचारी […]