सिकलसेल एनिमिया तथा थाल्सेमियाका बारेमा चिकित्सकहरुलाई अनुशिक्षण

१३ असार २०७५, बुधबार १९:५७
 

सदरलाइनडटकम 
नेपालगन्ज  : विभिन्न अस्पताल तथा स्वास्थ्य युनिटमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि एकदिने सिकलसेल एनिमिया तथा थाल्सेमिया रोगका बारेमा अनुशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको संयोजनमा सम्पन्न सो कार्यक्रममा नवलपरासीदेखि पश्चिम कञ्चनपुरसम्ममा जिल्ला अस्पताल, सरकारी तथा नीजि स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, ल्याव टेक्नेसियन, तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
पश्चिम नेपालका थारु समुदायमा मात्र देखापरेको अनुवंशाणुगत रोगको रुपमा रहेको सिकलसेल एनिमियिाको उपचारको साथै थाल्सिमिया (रक्त अल्पता) को विषयमा चिकीत्सक तथा स्वास्थ्यकर्मीलाई अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला जनस्वास्थ्य बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
रोग नियन्त्रण महाशाखाका प्रमुख डा. एसएन अधिकारीले सहभागिलाई स्वागत गर्दै उनले राज्यको अत्यन्तै प्राथामिकताको रुपमा रहेको सिकलसेल एनिमियाविरुद्ध जुद्धनको लागि सबै एक भएमात्र संभव भएको औल्याउदै कार्यक्रमको औचित्यमाथि समेत प्रकाश पारेका थिए ।
सो अवसरमा यशोदा अस्पताल नेपालगन्जका निर्देशक समेत रहेका बरिष्ठ बालरोग विषेशज्ञ डा. विनोदकुमार खेतान, भेरी अञ्चल अस्पताल नेपालगन्जका फिजिसियन डा खगेन्द्र जंग शाहीले सिकलसेल एनिमिया र थाल्सिमिया रोगको बारेमा सहजिकरण गरेका थिए ।
सोही कार्यक्रममा लामो समयदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा सिकलसेल एनिमिया र थाल्सिमियाको बारेमा प्रयोगशालामै बसेर सोध गर्दै आएकी डा. प्रज्ञा गौतम घिमिरेले सो रोगकको उपचारको लागि प्रयोगशालाको अनुसंन्धानसंगै प्रयोगशालाको महत्वको बारेमा सहजिकरण गरेकी थिईन । 

Next Post

कुलत बिरोधी अभियानताको सम्झना

१३ असार २०७५, बुधबार १९:५७
सदरलाइनडटकम नेपालगन्ज :  जिवनकालभर लागुऔषध बिरुद्धको अभियानमा सक्रिय रंहदा बिभिन्न कारणले ज्यान गुमाएका नेपालगन्जका अभियानता नयन रावल, बिश्वम्भर श्रेष्ठ, बासु रानालाई स्मरण गरिएको छ । सरोकारवाला निकायका अगुवाहरुले बिश्व लागुऔषध बिरुद्धको दिवशको अवसर पारेर बुधवार राती गणेशमानचोकमा तीन जनाको सम्झना गरे । लागुऔषध दुव्र्यसन बिरुद्धको अभियानमा सक्रिया रंहदा उनीहरुले दुव्र्यसनबाट […]