अस्पताललाई बजेट बृद्धि गरिन्छ :  मन्त्री यादव

११ असार २०७५, सोमबार १८:४२
 


सदरलाइनडटकम
१० असार, नेपालगन्ज :  उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले खजुरास्थित सुशिल कोइराला क्यान्सर अस्पतालका लागि बजेटको कमी हुन नदिने बताएका छन् । सोमबार अस्पतालको सेवा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
सरकारबाट एक सय शैयाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्र्तगत ५९ शैयाबाट आफ्नो सेवा सुरु गरेको हो । अयादवले क्यान्सर अस्पताललाई सुविधा सम्पन्न बनाउन सरकारले पहल गर्ने बताए । उनले सरकारले अस्पताललाई हाल दिँदै आएको बजेटमा आगामी बर्षदेखि थप गर्ने घोषणा गरे ।
क्यान्सर अस्पताल सञ्चालनमा आएपछि प्रदेश पाँच, कर्णाली प्रदेश र प्रदेश सातका क्यान्सरबाट पीडित विरामीहरुलाई उपचारका लागि भारत तथा चितवन जानु पर्ने बाध्यता टरेको छ । सोही कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पश्चिम नेपालको क्यान्सर पिडितलाई अव बाहिर जान नपर्ने गरि सेवा सुविधा प्रदान गरिने बताए । यस क्षेत्रको मात्र नभइ भारतको नागरिक समेत खजुरा स्थित क्यान्सर अस्पतालमा सेवा लिन आउने उनले बताए ।
२०६५ साल माघ ११ गते देखी धनधान्यन्चल ज्ञानमहायज्ञबाट प्राप्त रकमले अस्पताल निर्माण कार्य सुरु गरिएको थियो । त्यसपछि सरकारले पनि बजेट उपलब्ध गराउन थालेपछि अस्पताल निर्माण सम्भव भएको हो । अस्पताल निर्माणमा ३५ करोड खर्च भइसकेको अस्पतालका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

Next Post

अपाङगता भएका व्यक्तिलाई व्हीलचीयर

११ असार २०७५, सोमबार १८:४२
सदरलाइनडटकम  नेपालगन्ज : अपाङगता भएका व्यक्तिको जीवनयापनमा सहज होस भन्ने उदे्श्यले नेपालगन्ज उप–महानगरपालिकाद्वारा वडा न ८ मा व्हील चियर वितरण गरिएको छ । वडा न ८ को सहयोगमा फातिमा फाउण्डेशन नेपालद्वारा सोमबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाका दुई जना अपाङगता भएकालाई व्हील चियर हस्तान्तरण गरियो । अपाङगता भएका व्यक्तिको जीवनयापनमा […]