दुव्र्यसन बिरुद्धको अभियानमा सक्रिय वडा प्रहरी

१० असार २०७५, आईतवार १३:३९
 

सदरलाइनडटकम
१० असार, नेपालगन्ज :  प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्ज उप—महानगरपालिकामा ‘हामी सबैको चाहाना, दुव्र्यसनमुक्त समाजको स्थापना’ नारा सहित ‘टोल—टोलमा प्रहरी’ अभियान सन्चालन गरेको छ ।
आईतबार वडा प्रहरी कार्यालयले होटल व्यवसायी लगायत सरोकारवाला निकायका अगुवाहरुलाई अघि सारेर नेपालगन्जका बिभिन्न स्थानमा जनचेतनामुलक ¥याली निकालेको छ । प्रहरीले दुव्र्यसन लगायत गैर समाजिक गतिबिधि नगर्न सचेत गराउने खालका सन्देश लेखिएको प्रचा पम्पलेट बितरण गरेको छ ।
‘नेपालगन्जमा लागुऔषधको ठुलो समस्याका रुपमा रहेको पाईएको छ । यसले कलिला बालबालिकाको भविष्य बिग्रिनुका साथै समाजमा थुप्रै अपराधका घटनाहरु भइरहेका छन् ।’ वडा प्रहरी इन्चार्ज नारायाण डाँगीले भने,—‘कानुनी कारवाही पनि छदैछ, तर जनचेतनामुलक कार्यक्रमलाई पनि प्राथमिकता दिएका छौं ।’
सीमावर्ती बजार नजिक भएका कारण त्यहाँबाट हुने लागुऔषधको तस्करीले नेपालगन्जमा दुव्र्यसनको समस्या भयावह छ । लागुऔषध दुव्र्यसन बिरुद्ध काम गर्दै आएको परिवर्तन समूहका नेपालगन्जका अध्यक्ष प्रविण बिसीले कानुनी कारवाहीले मात्र दुव्र्यसन अन्त्य नहुने भएकाले जनचेतनामुलक अभियानलाई प्राथमिकता दिनु राम्रो भएको अध्यक्ष बिसीले बताए ।

Next Post

परियोजनाको अनुगमन सम्पन्न

१० असार २०७५, आईतवार १३:३९
सदरलाइनडटकम १० असार, नेपालगन्ज :   सामाजिक विकास मञ्चले युवासशक्तिकरण बुलगारी परियोजना अन्र्तगत आईतबार नेपालगन्ज उपमहानगर अन्र्तगत बिभिन्न ठाउँमामा परियोजना सल्लाहकार समितिले अनुगमन गरेको छ । समितिले परियोजना संचालन भइरहेको विद्यालयहरु मध्ये बाट युद्द मा वि चारवाहिनी, छात्रवृति पाएकि फुल्टेक्रा मा वि कि छात्र शिल्पा वैश्य, उद्यमि सुमैया वानो रङरेज र […]