नेपालगन्जमा साइक्लोथन प्रतियोगिता

९ असार २०७५, शनिबार २२:०२
 

सदरलाइनडटकम,
नेपालगन्ज  : आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई टेवा पु¥याउने उद्देश्यले नेपालगन्जमा साईकल दौड प्रतियोगिता “नेपालगन्ज साइक्लोथन” सम्पन्न भएको छ ।
स्वास्थ्य, पर्यावरण र आन्तरिक पर्यटनको नाराका साथ नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा नेपालगन्ज साइक्लिङ क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रोफेसनल, साधारण साइकल (महिला र पुरुष) र ट्राइसाईकल दौड गरी तीन बिधामा गराइएको प्रतिस्पर्धामा करिव एक सय खेलाडीको सहभागिता थियो ।
वन कार्यालय सुर्खेतरोडबाट शुरु प्रतियोगितामा प्रोफेसनलतर्फ विमलकुमार यादवले २० किमी दुरी ४२ मिनेटमा पुरा गरि प्रथम भए । यस्तै सञ्जय सोनकर द्धित्तिय र दिपक मल्ल तृत्तिय भए । सो प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्धित्तिय १० हजार र तृतिय हुनेले पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै साधारण महिलातर्फ पार्वती सार्की प्रथम, टिका खडका द्धित्तिय र ममता गुप्ता तृत्तिय भए । साधारण पुरुषतर्फ मनोजकुमार धोवी प्रथम र जंग थारु द्धित्तिय भए । ट्राइसाइकलतर्फ यज्ञबहादुर खत्री प्रथम, तेजबहादुर राना द्धित्तिय र चन्द्र कामी तृतिय तथा सेवकराम थारु सान्तवना प्राप्त गरे ।
उनीहरुले प्रथम हुनेलाई ७ हजार, द्धितियलाई पाँच हजार र तृतियलाई तीन हजार नगद व्यवस्था गरिएको थियो । नगर प्रमुख डा धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी रमेश कमुार केसी, मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम ओली र क्लवका अध्यक्ष केशर आलेले विजयी खेलाडीलाई मेडल, प्रमाण पत्र र नगद प्रदान गरेका थिए । 

Next Post

वडा न १० मा सरसफाई

९ असार २०७५, शनिबार २२:०२
सदरलाइनडटकम, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा न १० मा शनिबार सरसफाई गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा १० न वडा कार्यालय र इम्प्रोकको आयोजनामा विहान सडक सरसफाई गरिएको हो । जिल्ला प्रशासन कार्यालय मुल गेटबाट शुरु सरसफाई जेलरोड, गणेशमान चौक हुँदै आदर्शनगर गणेश मन्दिर पुगेर समापन गरिएको थियो । वडा अध्यक्ष […]