एसईई परीक्षाको नतिजा शनिबार (आज) दिउसो सार्वजनिक हुँदै

९ असार २०७५, शनिबार ११:३८
 

सदरलाइनडटकम 
काठमाण्डौ  : राष्ट्रिय परीक्षा बोर्डले गत चैत महिनामा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिवार प्रकाशति गर्न लागेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले शनिबार दिउँसो ४ बजे भित्र नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए ।


परीक्षाको नतिजा हर्नका लागि सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिनेछ ।

दिनको ३ बजे बोर्डको बैठक डाकिएको छ । ४ बजेभित्र पत्रकार सम्मेलन गरी नतिजा प्रकाशनमा ल्याउने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड रहेको जनाकारी प्राप्त भएको छ ।

Next Post

सोमबारबाट क्यान्सर अस्पताल सन्चालन हुने

९ असार २०७५, शनिबार ११:३८
सदरलाइनडटकम ९ असार, नेपालगन्ज :  बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोईराला प्रखर क्यान्सर अस्पताल सोमबार सञ्चालनमा आउने भएको छ । अस्पताल निर्माणको अभियान सुरु भएको दशक पछि अस्पतालले ओपिडी सेवा सुरु गर्न लागेको अस्पताल विकास समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिएका छन् । सोमबार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पताल शुभारम्भ गर्ने […]