डुडुवा पुर्ण खोप गाउँपालिका घोषणा हुदै, तयारी सकियो

७ असार २०७५, बिहीबार २०:३२
 

सदरलाइनडटकम
नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका पुर्ण खोप सुनिश्चित भएको गाउँपालिका घोषणा हुने भएको छ । आगामी असार ९ गते शनिबार एक समारोहका विच पुर्णखोप गाउँपालिका घोषणा गर्न लागिएको हो ।
६ वटा वडा रहेको गाउँपालिकामा यसअघि वडा नं. १, २, ४ र ५ वडा पुर्ण खोप वडा घोषणा भईसकेका छन । अब सोही दिन बाकी रहेका ३ र ६ वडालाई पुर्ण खोप वडा घोषणा गरि पुर्ण खोप गाउँपालिका घोषणा गरिने गाउँपालिका स्वास्थ्य संयोजक धनबहादुर बुढाले जानकारी दिए ।
उनले त्यसका लागि सम्पुर्ण तयारी पुरा भएको बताए गाउँपालिकामा खोपसेवा लिने जन्मदेखि १ वर्षका बालबालिकाको संख्या १ हजार १०९ जना रहेको छ ।
गाउँपालिकामा खोप लगाउने जन्मेदेखि १ वर्षका बालबालिकाको संख्या १ हजार १०९ जना रहेका छन । सबै बालबालिकाहरुलाई आधारभुत पुर्ण खोप सुविधामा पहुँच पुर्याउने राष्ट्रिय लक्ष्य अनुसार गाउँपालिकामा सबैले खोप लगाई सकेका छन ।
गाउँपालिकामा २९ वटा खोप केन्द्रमार्फत बालबालिकाहरुलाई विभिन्न खोपहरु प्रदान गर्दै आएको स्वास्थ्य शाखाले जनाएको छ ।
गाउँपालिकाले संचालन गरेको घर घरमा स्वास्थ्य सेवा अभियानले समेत मद्दत गरेको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए । उनले गाउँपालिकामा स्वास्थ्य सचेतनाको अभाव तथा बाढी प्रभावित क्षेत्र भएकाले स्वास्थ्य जटिलता बढेकाले सर्तकता अपनाउन विशेष योजना बनाएको बताए ।
घोषणा सभामा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, जनस्वास्थ्य, महिला विकास, स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था राजनीतिक दल जनप्रतिनिधी लगायतको सहभागिता रहनेछ ।

Next Post

बाँकेका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएको गुनासो

७ असार २०७५, बिहीबार २०:३२
सदरलाइनडटकम   नेपालगन्ज : बाँकेका विभिन्न पालिकामा खटेका स्वास्थ्यकर्मीहरुले गत माघ–फागुनदेखि तलब भत्ता नपाएको गुनासो गरेका छन् । राप्ती सोनारी गाउपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चुँदालीले गत कात्तिकदेखि नै माग गरेर पठाएको तलब भत्ता अहिलेसम्म नआएको गुनासो गरे । उनले भने–‘हाम्रो पालिकामा स्वस्थ्य शाखा अन्तरगत ४३ जना स्वास्थ्यकर्मी कार्यरत हुनुहुन्छ तर, हामीले […]