राप्तीसोनारी–२ मा तीनदिने उद्घोषण तालिम सुरु

६ असार २०७५, बुधबार १८:१४
 

सदरलाइनडटकम
नेपालगन्ज  : नेपाल प्रेस ईन्सिच्यूट क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगन्जले राप्ती सोनारी गाउपालिका वडा नं. २ संगको सहकार्यमा ३ दिने उद्घोषण तालिम बुधबारदेखि सुरु भएको छ ।
गाउपालिकाको वडा नं.२ को कार्यालयमा आयोजना गरिएको सो उद्घोषण कार्यक्रमको उदघाटन् नेपाल प्रेस ईन्सिच्यूट नेपालगन्ज सञ्चालक समितिका संयोजक हेमन्त कर्माचार्य र सो वडाका वडा सचिव बुद्धि भण्डारीले संयुक्त रुपमा व्यानर पढेर गरेका हुन ।
नेपाल प्रेस ईन्सिच्यूट नेपालगन्ज सञ्चालक समितिका संयोजक कर्माचार्यको अध्यक्षतामा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने तालिममा सोही वडाका ३० जना स्थानीय युवा, युवती सहभागि रहेका तालिम संयोजक रुद्र सुवेदीले जानकारी दिए । तालिममा हेमन्त कर्माचार्य, शंकर खनाललगायतले सहजिकरण गरिरहेका छन् ।
वडा सचिव भण्डारीले तालिममा सिकेको कुरालाई व्यवहारमा उर्तानको लागि सबै सहभागीलाई आग्रह गरेका छन् । उनले भने–‘गाउपालिकाको वडा कार्यालयले तपाईहरुको माग बमोजिमका तालिम आयोजना गरेको छ । तालिममा सिकेको कुरा व्यावहारमा उल्ले गर्न आग्रह गर्दछु ।’ 

Next Post

उप–महानगरद्वारा नेत्रहिन लक्षित कार्यक्रमको अनुगमन

६ असार २०७५, बुधबार १८:१४
सदरलाइनडटकम, नेपालगन्ज : आर्थिक वर्षको अन्तिम महिनामा नेपालगन्ज उप–महानगरको सहयोगमा सञ्चालनमा रहेका विभिन्न कार्यक्रमहरुको अनुगमन तीब्र पारिएको छ । सोही अन्तरगत नेत्रहिन लक्षित सञ्चालित कार्यक्रमको बुधबार स्थलगत अनुगमन गरिएको हो । नेपालगन्ज उप–महानगरपालिका मार्फत बाँके नेत्रहिन संघले नेत्रहिनका लागि सञ्चालन गरेको दुई महिने कम्प्यूटर तालिम, ३ दिने बंगुर पालन र […]