विश्वकपमा जापानले कोलम्बियालाई हरायो

५ असार २०७५, मंगलवार २०:१८
 

रूसमा जारी २१औं संस्करणको फिफा विश्वकपमा एसियाली राष्ट्र जापानले कोलम्बियालाई हराएको छ। मंगलबार भएको समूह एचको पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ गोल अन्तरले हराउदै समूहमा शीर्ष स्थानमा उक्लिएको छ।

जापानका लागि सिन्जी कागवा र ओसाकोले गोल गरे। कोलम्बियाका लागि जुआन कुडार्डोले गोल फर्काएका थिए। खेलको छैटौं मिनेटमा पाएको पेनाल्टीबाट अग्रता लिएको एसियाली राष्ट्र जापाले पहिलो हाफ १-१ को बराबरीमा सकाएको थियो।


पहिलो हाफको ३९औं मिनेटमा कोलम्बियाका लागि जुआन कुडार्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। फ्रिकिकबाट उनले गोल गरेका हुन्। यसअघि खेलको छैटौं मिनेटमा सिन्जी कागवाले पेनाल्टीमा गोल गरेका थिए। कोलम्बियाका कार्लोस सान्चेजले हातले बल रोकेपछि जापानलाई पेनाल्टी दिएको हो । जापानका लागि सिन्जी कागवाले गोल गरेका थिए।

रेफ्रीले सान्चेजलाई रातो कार्ड देखाए पछि खेलको छैठौं मिनेटबाटै कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो।

पहिलो हाफसम्म बराबरी रहेको जापानका लागि खेलको ७३औं मिनेटमा ओसाकोले गोल गर्दै एसियाली राष्ट्रलाई महत्वपूर्ण जित दिलाए। उनले हेडमार्फत गोल गरेका हुन्। जापानले पहिलो पटक दक्षिण अमेरिकी राष्ट्रविरुद्ध जित निकालेको छ ।

Next Post

‘सिकलसेल’ स्थानीयत तहबाटै परीक्षण गरिने

५ असार २०७५, मंगलवार २०:१८
सदरलाइनडटकम ५ असार, बर्दिया : ५ नंम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रत्येक स्थानीय तहमा सिकलसेल एनेमिया परीक्षण गर्न ल्याव स्थापना गरिने बताएका छन् । उनले मंगलबार बर्दियाको बारबर्दिया नगरपालिका र सिकलसेल एनिमिया सोसाईटी (स्कास) नेपालले १० औं विश्व सिकलसेल एनेमियासम्बन्धी सचेतना दिवसमा आयोजित कार्यक्रममा सिकलसेलको सञ्चार पैरवी गर्ने […]

सम्बन्धित