युवाहरुलाई बेचबिखन बिरुद्ध जागरुक बनाइदै

५ असार २०७५, मंगलवार १९:२२
 

सदरलाइनडटकम
५ असार , नेपालगन्ज :  नेपालगन्ज उप महानगरपालिका समेतका करिव दुई दर्जन युवाहरुलाई मानव बेचविखन विरुद्ध युवाहरुलाई तिन दिवसीय तालिम प्रदान गरीएको छ ।
हाम्रो आवाज चेलिबेटि वेचविखनबाट मुक्त समाज भन्ने नारा सहित नेपालगन्ज उप महानगरपालिका र माइती नेपालको आयोजना तथा माइती युवा संजालको समन्वयमा युवाहरुका लागि तिन दिवशिय तालिम सम्पन्न भएको छ ।  युवाहरुलाई मानव वेचविखन विरुद्ध संवेदनशील एवं ससक्तीकरण गर्दै उनीहरु मार्फत समुदाय स्तरमा जनचेतना अभिबृद्धि गर्ने उदेश्यका साथ तालिमको आयोजना गरीएको माइती नेपाल नेपालगन्जका क्षेत्रिय संयोजक केशव कोइरालाले बताए ।
मानव बेचविखन विरुद्ध क्रियासील माइती नेपाल नेपालगन्जले आयोजना गरेको उक्त कार्यक्रमा युवा हरुलाई श्रव्य र दृश्य सामग्रीहरु मार्फत मानव बेचविखनको अवस्था कारण, दलालहरुले अवनाउने तौर तरिका , संपर्क स्थानहरु कानुनी व्यवस्था , बैदेशिक रोजगार , सुरक्षीत वसाईसराई , लिङ्घ र लैगिकता र मानव बेचविखन विरुद्ध युवाहरुको भुमिका लगायतको वारेमा पूर्णरुपमा प्रशिक्षण प्रदान गरीएको थियो ।
उतm तालिमको अन्तिम दिन आज युवा हरुद्धारा मानव बेचबिखन बिरुद्ध सक्रीया रहि कार्य गर्ने गरि व्यतmीगत र सामुहिक रुपमा गर्न सकिने कार्यहरु सहितको कार्ययोजना समेत तयार पारेका छन् जस अन्तरगत व्यक्तिगत तवर बाट गर्न सकिने कार्यहरुमा आफु सचेत रहि परीवार र सथिहरु सवैलाई सचेतना फैलाउने शंकास्पद व्यक्तिहरु र जोखिममा रहेका व्यक्तिहरुको वारेमा निगरानि राख्ने परामर्श दिने र आवस्यकता अनुसार सम्वन्धित निकायहरु संग समन्वय गर्ने । पिडित प्रभावितहरुलाई आवश्यक सहयोग र परार्मस प्रदान गर्ने । चोक, चौतारा पसालहरु समेतमा मानव बेचविखन विरुद्ध छलफल एवं वहस संचालन गर्ने लगायतका कार्यहरु गर्ने रहेका छन् भने सामुहिक रुपमा गरीने क्रियाकलापहरुमा मानव बेचविखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामकालागि अन्तरक्रिया, सडक नाटक, ¥यालि, घरदैलो जस्ता कार्यक्रमहरु गर्ने ।
मानव वेचविखन विरुद्ध क्रियासिल सरकारी र गैर सरकारी संघ संस्थाहरु संग समन्वय  गर्ने । पिडित प्रभावितहरुलाई आवश्यक सहयोग र परार्महरु प्रदान गर्ने । हिंसामा परेका पिडित प्रभाविहरुलाई आत्म सम्मान पुर्वक बाँच्न पाउने वातावरण सृजना गर्दै पुर्नस्थापनाकालागी क्रियासिल रहने लगायतका क्रियाकलापहरु रहेका छन् ।
कार्यक्रमको समापनको अवसरमा सहभागिहरुको तर्फबाट श्रुति सेन , ममता थापा , हिमान्सु मौर्य , अशोक धमाला , शुस्मिता शाहा , बबिता घरुक र लोक सुनार समेतले मानव बेचविखनको समस्याको रुपमा रहेको हुदा यसका बिरुद्ध हामी युवा हरु सचेत रहदै यसका विरुद्धमा हामि सवै मिलि क्रियासील हुनपर्दछ र हुनेछौ भन्दै गाँउ गाँउ सम्म चेतना फैलाउने धारणा राखेका थिय ।
यसैक्रममा यस अगि गठन भई क्रीयासिल रहेको जिल्ला स्तरिय “माइती युवा सन्जाल बाँके ” ( माइती युथ नेटवर्क बाँके ) लाई अझ प्रभावकारी रुपमा क्रीयासिल गराउदै उतm संजलले बाँके जिल्लामा मानव बेचबिखन बिरुद्ध महिला वालवालिकामा आधारित मानव अधिकारमुखि कार्यक्रम समय समयमा समिक्षा गर्दै थप प्रभावकारी रुपमा लैजाने छ । उतm अवसरमा माइती युवा संजालका अध्यक्ष मेघ बहादुर खत्रि , कोषाध्यक्ष पुष्पा सुनार र बर्षा के.सि. समेतको उपस्थिति रहेको थियो ।
उतm तालिममा माइती नेपाल नेपालगंजका सयोजक केशव कोईराला , नेपाल पत्रकार माहासंघ ५ नं.प्रदेशका माहासचिव भेष राज बस्नेत , अभियान नेपालकी कमला पन्त , उत्पीडित सामुदायिक बिकास केन्द्रका युवराज पोख्रेल , माइती युवा संजालका मधु पौडेल , सह सयोजक शुरेन्द्र चलाउने सहसयोजक गायत्री रिमाल , केन्द्रिय वालकल्याण समितिका श्रोत व्यतmी भिम अवस्थि , अभियान नेपालका कमला पन्त , जिल्लाका युवा अगुवा आशिस बर्मा , पत्रकार रुद्र सुबेदी लगायतले सहजिकरण गरिएको थियो । तालिम मिति २०७५ अषाढ ०३ देखि ०५ सम्म संचालन गरिएको थियो ।

Next Post

विश्वकपमा जापानले कोलम्बियालाई हरायो

५ असार २०७५, मंगलवार १९:२२
रूसमा जारी २१औं संस्करणको फिफा विश्वकपमा एसियाली राष्ट्र जापानले कोलम्बियालाई हराएको छ। मंगलबार भएको समूह एचको पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ गोल अन्तरले हराउदै समूहमा शीर्ष स्थानमा उक्लिएको छ। जापानका लागि सिन्जी कागवा र ओसाकोले गोल गरे। कोलम्बियाका लागि जुआन कुडार्डोले गोल फर्काएका थिए। खेलको छैटौं मिनेटमा पाएको पेनाल्टीबाट अग्रता […]