आजैबाट समाचार पढ्न आउँछु भनेकी अनुपमाको निधन

५ असार २०७५, मंगलवार ०७:४८
 

सदरलाइनडटकम
५ असार, नेपालगन्ज : दुई महिना अघि बिहे भएपछि अनुपमा राजबंशी समाचार पढ्न आएकी थिइनन् । यसबीच आजबाट समाचार पढ्न आउने कुरा भएको थियो । तर सोमबार राती नेपालगन्जस्थित होटल सिग्नेटमा आयोजित एक कार्यक्रममा सहभागि हुन गएका बेला यि होनहार र युवा सन्चारकमीको निधन भएको छ ।
बागेश्वरी टेलिभिजनमा कार्यरत अनुपमाको गएराती निधन भएपछि आफन्तजन र यहाँका सन्चारकर्मीहरु स्तब्ध भएका छन् । बागेश्वरी टेलिभिजनका समाचार प्रमुख ओबीराज आचार्यले भने,—‘आजबाट समाचार पढ्न आउने कुरा भएको थियो । तर राती नै यस्तो घटना सुन्न आयो । पत्यार नै लागेको छैन । ’
अनुपमाको मृत्यु स्वभाविक नभई अस्वभाविक भएको आफन्तले आशंका गरेका छन् । उनीहरुले होटल व्यवस्थापन माथि छानबिन गर्नुपर्ने र आफुहरुलाई अनुपमाको मृत्युको बिषयमा चित्तबुझ्दो जबाफ आउनुपर्ने बताएका छन् । यता प्रहरीले घटनाका बिषयमा अनुसन्धान गरिरहेको छ । मृतक अनुपमाको शव नेपालगन्ज शिक्षण अस्पतालमा राखिएका छ ।

Next Post

युवाहरुलाई बेचबिखन बिरुद्ध जागरुक बनाइदै

५ असार २०७५, मंगलवार ०७:४८
सदरलाइनडटकम ५ असार , नेपालगन्ज :  नेपालगन्ज उप महानगरपालिका समेतका करिव दुई दर्जन युवाहरुलाई मानव बेचविखन विरुद्ध युवाहरुलाई तिन दिवसीय तालिम प्रदान गरीएको छ । हाम्रो आवाज चेलिबेटि वेचविखनबाट मुक्त समाज भन्ने नारा सहित नेपालगन्ज उप महानगरपालिका र माइती नेपालको आयोजना तथा माइती युवा संजालको समन्वयमा युवाहरुका लागि तिन दिवशिय […]

सम्बन्धित