सिलाई व्यावसायी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै प्रर्दशनी

३ असार २०७५, आईतवार १९:४६
 

सदरलाइनडटकम
३ असार, कोहलपुर (बाँके) :  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्ययरत विद्यार्थीको समुहले कपडा सिलाएको विषयमा सिलाई व्यावसायी माथि हातपात गरेको विषयमा विरोध चर्किदै गएको छ ।
गत असार १ गते कोहलपुरको न्यूरोडमा रहेको चाहना टेलर्सका संचालक तथा नेपाल कपडा तथा सिलाई ब्याबसायी संघका केन्द्रीय सदस्य रुपलाल परियार माथि कपडा सिलाईको विषयमा बिबाद बढ्दा मेडिकल कलेज कोहलपुरमा अध्ययनरत बिद्यार्थीद्वय पुष्कल शाह र एलिना शाहीले संयूक्त रुपमा कुटपिट गरेका थिए ।
‘पुष्कल र एलिनाले कपडा सिलाएको विषयलाई लिएर पसलभित्र बिवादसंगै अपशब्द प्रयोग गर्दै हातपात समेत गरे’– पीडित परियारले भने । सो घटनाको बिरोधमा कोहलपुरमा आईतबार नेपाल कपडा तथा सिलाई ब्याबसायी बाँके, कोहलपुर कपडा ब्याबसायी संघ बाँके, कोहलपुर उद्योग बाणिज्य संघ, र अन्य ब्याबसायीहरुले संयूक्त रुपमा बिरोध र्याली निकालेका थिए ।
उनीहरुले दोषिलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै दवाव दिएपछि इलाका प्रहरी कार्यालय कोहलपुरले तीन दिन पछिमात्र मुद्दा दर्ता गरेको कोहलपुर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष नम प्रसाद शर्माले बताए ।
उनले भने ‘दोषिलाई कारबाही गर्न इलाका प्रहरी कार्यालय कसैको दबाबमा नपरी कारबाही गरोस ।’ यस्तै बिरोध ¥यालीमा बोल्दै नेपाल सुन चादी ब्याबसायी संघ बाँकेका पुर्ब अध्यक्ष बालकृष्ण दियालीले अब सबै ब्यापारीहरु एक हुनुपर्ने र सबै ब्यापारीहरुले दोषिलाई कारबाही गर्नका लागी पनि एक जुट हुनु पर्ने बताएका थिए । बिरोध ¥याली कोहलपुर न्यूरोडमा समापन गरिएको थियो ।
दोषीलाई कडा कारबाही नगरिएर आफुहरु अरु कडा आन्दोलनमा उत्रन बाध्य हुने भन्दै आक्रमणमा संलग्न पुष्कल र एलिनालाई तत्काल पक्रउ गरि कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई आग्रह समेत गरिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुले कुटपिट गर्ने एलिनालाई पक्राउ गरिएको र पुष्कल काठमाण्डौमा रहेकालाई उनलाई पनि छिट्टै पक्राउ गरिने जानकारी गराएको छ । साथै दुबै जनालाई आइतबार सार्बजनिक मुद्दा समेत दर्ता गरिएको प्रहरीले जनाएको छ ।

Next Post

नेपालगन्ज–कोहलपुर सडकखण्डमा विद्युतीय बससेवाको सम्भाव्यता अध्ययन हुँदै

३ असार २०७५, आईतवार १९:४६
सदरलाइनडटकम  ३ असार, नेपालगन्ज  :  ५ नंम्बर प्रदेश सरकारले नेपालगन्ज–कोहलपुर सडकखण्डमा विद्युतीय बस सेवाको सम्भाव्यता अध्ययन गर्नेे भएको छ । यो सडक खण्डमा विद्युतीय बस सेवाको लागि सम्भाव्यता अध्ययन गर्नलाई आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले बजेट समेत बिनियोजन गरेको छ । विद्युतीय बस सेवाको सम्भाव्यता अध्ययन गर्नलाई ५ नम्बर […]

सम्बन्धित