जानकी गाउँपालिका सबै स्वास्थ्य संस्थामा निःशुल्क स्वास्थ्य शिविर

३ असार २०७५, आईतवार १९:२८
 

सदरलाइनडटकम
३ असार, नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकाले आमनागरिकका लागि निःशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरेको छ । गाउँपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य संस्थामा आमनागरिकका लागि निःशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरिएको हो ।
शिविरमा सर्वसाधारणको उल्लेख्य भीड रहने गरेको छ । आईतवार वडा नं. ३ इन्द्रपुरको रम्वापुरस्थित उपस्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको छ । आईतवार मात्रै तीन सय बढी सर्वसाधारणले स्वास्थ्य परीक्षण गरेको खजुराखुर्द उपस्वास्थ्य चौकीका इन्चार्ज प्रकाश गौतमले जानकारी दिए ।
शिविरमा हाडजोर्नी, छाला, कान तथा पेटका विरामी धेरै देखिएको बताईएको छ ।  डा. सन्तोष श्रीपाईली, डा नितु बस्नेत सहित एकदर्जन स्वास्थ्यकर्मीको समूहले स्वास्थ्य सेवा प्रदान गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक गिरबहादुर गुरुड्डले जानकारी दिए ।
शिविर शुभारम्भ समारोहमा गाउँपालिका अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भूमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरी, वडाध्यक्ष विन्देश्वरी बर्मा, कार्यपालिका सदस्य टिकाराम सुनार, राजकुमार धोवी, धर्मा थापा लगायतको उपस्थिति रहेको थियो । यसअघि जानकी गाउँपालिका वडा नंं.१ साईगाउँ र वडा नं. २ बेलभारमा शिविर भईसकेको छ । सोमवार वडा नं. ४ खजुराखुद्र्ध, मंगलवार वडा नं. ५ बेलहरी र वुधवार वडा नं. ६ गनापुरमा हुने गाउँपालिकाले जनाएको छ ।

Next Post

सिलाई व्यावसायी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै प्रर्दशनी

३ असार २०७५, आईतवार १९:२८
सदरलाइनडटकम ३ असार, कोहलपुर (बाँके) :  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्ययरत विद्यार्थीको समुहले कपडा सिलाएको विषयमा सिलाई व्यावसायी माथि हातपात गरेको विषयमा विरोध चर्किदै गएको छ । गत असार १ गते कोहलपुरको न्यूरोडमा रहेको चाहना टेलर्सका संचालक तथा नेपाल कपडा तथा सिलाई ब्याबसायी संघका केन्द्रीय सदस्य रुपलाल परियार […]