राधापुरमा बालबिवाहबिरुद्ध सक्रिय हुँदै बालक्लव

३ असार २०७५, आईतवार १७:२६
 

सदरलाइनडटकम
३ असार, खजुरा (बाँके) : सामाजिक कलंकको रुपमा रहेको बालविवाहका बिरुद्धः बाँकेको खजुरा गाउपालिका वडा नं. १ राधापुरमा बालक्लब सञ्ंजालमा आवद्ध बालबालिकाहरु सक्रिय हुदै आएका छन् ।
खजूरा गाउँपालिकाको सहयोगमा समृद्धिका पाईला बाँकेले राधापुरमा आयोजना गरेको बाल बिवाहबिरुद्धको चेतनामुलक कार्यक्रममा सहभागी बालबालिकाहरुले राधापुरलाई बालविवाह मुक्त वडा बनाउन बाल क्लबमा आवद्ध सम्पूर्ण बाल बालिकाले घरदैलो अभियान संचालन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
राधापुरमा रहेका ८ वटा टोलमा टोलस्तरीय बालक्लब र वडास्तरमा पनि वडास्तरीय बालक्लबमा आवद्ध भएका राधापुरका बालबालिकाहरु सो अभियानलाई प्रत्येक टोल–टोलमा सचेतना फैलाउदै पुर्याउने छन् ।
वडा अध्यक्ष सुमन मल्लले उद्घाटन गरेको कार्यक्रममा बालक्लब सञ्जाल राधापुरका अध्यक्ष सुशील गुरुङ्गले बालक्लबमा आवद्ध भएपछि आफुहरुको क्षमता बिस्तार भईरहेको भन्दै बाल बिवाह मुक्त वडा निर्माणमा प्रचारात्मक सामाग्री सहित क्लबका सदस्यहरु घरघरमा पुगी जनचेतना फैलाउने बताए ।

Next Post

‘नेपालगन्जलाई मेघा सिटी बनाउन लागि परेको छु’

३ असार २०७५, आईतवार १७:२६
सदरलाइनडटकम ३ असार, नेपालगन्ज : सहरी विकास मन्त्री मो.ईस्तियाक राईले नेपालगन्जलाई मेघा सिटी बनाउन आफूले पहल गरि रहेको बताएका छन् । ईद मनाउन गृहनगर नेपालगन्ज आईपुगेका मन्त्री राईले आईतबार नेपालगन्ज उप–महानगरपालिका र जिल्ला समन्वय समितिले आयोजना गरेको छुट्टाछुट्र्टै कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । उनले भने–‘तपाईहरु सबै पालिकाबाट […]