आयुशको हत्या गरेको परिवारको दावी

३० जेष्ठ २०७५, बुधबार २१:००
 

सदरलाइनडटकम 
३० जेठ, नेपालगन्ज : बाँकेको राप्ती सोनारी–८ का ११ वर्षिय आयुश केसी मृत्युको विषय अझ पेचिलो बन्दै गएको छ । मृतककी आमा मीना केसीले आफ्नो छोराको दुर्घटनापछि हत्या गरिएको आरोप लगाएकी छन् ।
गत जेठ २७ गते साँझ ५ वजे राप्ती सोनारी – ८ घण्टेश्वरी सामुदायिक बनको खल्लागाउँमा स्थानीय सूर्य खड्काको टेक्टरबाट खसेर गम्भीर घाइते भएका केसीलाई उपचार गर्न नलगेर उनको शव नै राति १ बजेसम्म वेपत्ता बनाइएको बताउदै उनले घटनालाई अत्यन्तै सुक्ष्म तरिकाबाट अनुसन्ंधान गर्न समेत आग्रह गरेकी छन् ।
‘सूर्यले मेरो छोरा टेक्टरबाट खसेको अवस्थामा टेक्टरका चालक नातामा मेरै भाइ पर्ने रोशन घर्तिलाई उपचार गर्न लैजानु भन्दा त भाग बाँकी म मिलाउछु भन्दै भगाए,’ जिल्ला सरकारी वकिल कार्यालय परिसरमा भावुक मुद्रामा भेटिएकी मीनाले भनिन, ‘घाइते छोरोलाई जिउँदै बालुवा खनेर गाडेर हत्या गरे । अहिले घटनालाई कमजोर पार्न खोजिएको छ ।’ भे १ त ६१७६ नम्बरको ट्याक्टरबाट खसेर केसी घाइते भएका थिए ।
मृतक केसीका परिवारले हत्याको आरोप लगाए पनि टेक्टरधनी परिवारले सूर्यलाई राजनीतिक पुर्वाग्रहका आधारमा फसाउन खोजिएको दावी गरेका छन् । सूर्यपत्नी ममता थापाले सदरलाइनसंग भनिन–‘घटनामा संलग्नै नभएको व्यक्तिलाई जबरजस्ती फसाउन खोजिदै छ । बच्चा टेक्टरबाट खसेर किचेको अवस्थामा मृत्यु भएको हो पोष्टमार्टम रिर्पोटले पनि देखाउने छ ।’ उनले प्रहरी हिरासतमा आफ्ना पति माथि गम्भीर चोट हुने गरी कुटपिट गरेको र उपचार पनि नगराएको दावी गरिन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरले सो घटनामा संलग्न भनिएका ट्याक्टर धनी सूर्य खड्का, चालक रोशन घर्तीसहित ६ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

Next Post

अाजदेखि विश्व फुटबलको महाकुम्भ सुरु हुँदै

३० जेष्ठ २०७५, बुधबार २१:००
मस्को : विश्व फुटबलको महाकुम्भ बिहीबार रसियाको मस्कोमा सुरु हुँदैछ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन्। सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन्। विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, […]