पाँच स्टार, जसले विश्वकपसँगै मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्छन्

२९ जेष्ठ २०७५, मंगलवार ०९:५४
 

काठमाडौं । फुटबल समर्थक माझ गएको १० वर्षदेखि राज गरेका दुई हुन्, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी ।

मन पराउने हुन् या घृणा गर्ने उनीहरुको फुटबल कलाले सबैलाई अचम्मित पारेको छ । यसैले फुटबलमा व्यक्तिगत रुपमा पाइने सर्वाधिक महत्वपूर्ण अवार्ड मानिने बालोन डि’ओर गएको १० वर्षदेखि उनीहरुले पाइरहेका छन् । जसमा दुवैले पाँच/पाँच पटक जितेका छन् ।

सन् २००७ मा ब्राजिलियन खेलाडी काकाले बालोन डि’ओर जितेपछि मेस्सी र रोनाल्डोबाहेक बालोन डि’ओरमार्फत अर्का खेलाडी चम्किन सकेका छैनन् ।

वर्तमान विश्व फुटबलमा कसैबीच प्रतिस्पर्धात्मक तुलना गरिन्छ भने त्यो रोनाल्डो र मेस्सी नै हो । अब विस्तारै फुटबल समर्थक नयाँ अनुहारको खोजीमा देखिन्छन् । मेस्सी र रोनाल्डोको दशकको दबदबा तोडिने गरी नयाँ खेलाडीहरु देखिन पनि थालेका छन् ।

विश्व फुटबलमा एक छत्र राज गरेका मेस्सी र रोनाल्डो अहिले विश्वकपको तयारीमा छन् । एक अर्थमा भन्दा अर्जेन्टिना मेस्सीमा र पोर्चुगल रोनाल्डोमा धेरै नै भर परेको देखिन्छ ।

यसैले आउने फिफा वर्ष खेलाडीमा पनि उनीहरुको स्थान विश्वकपले नै तय गर्ने छ । यो वर्षको सेप्टेम्बरमा लण्डनमा हुने अवार्डमा कोही नयाँ खेलाडी उदाउलान् त ?

नेइमार (दि क्राउन प्रिन्स) – ब्राजिल

आक्रामक खेलाडी नेमार गएको सिजन विश्वमा सबैभन्दा महंगा खेलाडी बने । स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेमार विश्वको सबैभन्दा महंगो खेलाडी बनेका हुन् ।

उनी मेस्सी र रोनाल्डोकै स्तरको खेलाडी रहेको धेरैले बताउने गरेका पनि छन् । सुझबुझपूर्ण खेल, उत्कृष्ट फिनिसिङ र लोभलाग्दो खेलशैलीका कारण नेमार पूर्ण खेलाडी देखिन्छन् ।

नेमारसँग फिफा वर्ष खेलाडी बन्नका लागि चाहिने सबै गुण छ । त्यसअनुसारको मेहनत पनि गरीरहेका छन् ।

चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकपमा गम्भीर चोटका कारण नेमार मैदानबाहिर भए र ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग विश्वकप इतिहासकै खराब प्रदर्शन गर्‍यो । तर त्यसको दुई वर्षपछि नेमारले ब्राजिललाई ओलम्पिकमा स्वर्ण पदक दिलाए ।

अहिले चोटका कारण तीन महिना मैदान बाहिर रहेर फर्किएका नेमार रुसमा विश्वकप उचाल्ने ध्यान र लक्ष्यका साथ बढेका छन् ।

यसपटक ब्राजिल पहिलेको जस्तै डरलाग्दो टिमको रुपमा देखिएको छ । त्यसमा ब्राजिलियन फुटबलको पुरानो समय फर्काउन नेमार एक मुख्य पिलर हुन् । नेमार मैदानमा मात्रै होइन मैदान बाहिर पनि आफ्नो टिमका लागि हौसलाका पात्र हुन् ।

मोहम्मद सलाह (द सुटिङ स्टार) – इजिप्ट

इटालीयन क्लब रोमाबाट सन् २०१७ को जुनमा इंग्लिस क्लब लिभरपुल जानुअघिसम्म सलाह अरुको नजरमा थिएनन् । त्यो बेला उनलाई राम्रो खेलाडीको रुपमा मानिएको त थियो तर यस्तो प्रभावशाली होलान् भन्ने सोचिएको थिएन ।

इजिप्टका सलाहको जादुमयी खेलका कारण लिभरपुलले पि्रमियर लिगमा राम्रो गर्न सक्यो र अर्को वर्षको च्याम्पियन्स लिग सुरक्षित गर्‍यो । यस वर्षको च्याम्पियन्स लिगमा पनि फाइनलसम्म पुग्यो ।

जर्गेन क्लोप्पको प्रशिक्षणमा उनले आˆनो पूर्ण फिनिसिङसहितको खेल कौशल प्रदर्शन गरे । उनी भर्खरै सकिएको सिजनमा प्रिमियर लिगको सर्वाधिक गोलकर्ता हुन् । उनले ३६ खेलमा ३२ गोल गरे ।

इंग्ल्याण्डमा उनले यो सिजनमा प्रायः सबै व्यक्तिगत उपाधिमा आफ्नो नाम लेखाए । उनले क्लबमा मात्रै होइन राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि उस्तै प्रदर्शन गर्दै आएका छन् ।

सलाहकै महत्वपूर्ण खेलको बलमा इजिप्टले २८ वर्षपछि फेरि विश्वकपमा स्थान बनाएको छ । अब उनी रुसमा आˆनो सुन्दर खेल कौशलबाट विश्वलाई चकित पार्ने लाइनमा छन् ।


च्याम्पियन्स लिग फाइनलको क्रममा चोटग्रस्त भएका सालह प्रशिक्षणमा फर्किएका छन् । रुसमा गर्ने खेल प्रदर्शनले सलाहलाई फिफा वर्ष खेलाडीको दौडमा अघि लैजाने छ ।

मोहम्मद सलाहबिना इजिप्ट टोली अपूरो छ । इजिप्ट यसपटक स्टार खेलाडी सलाहकै कारण पनि विशेष चर्चामा छ ।
अफ्रिकन फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गरेको इजिप्टले यसपटक विश्वकपमा नयाँ इतिहास बनाउने आश गरिएको छ । त्यसका लागि भरोसाको केन्द्रमा छन् उनै सलाह ।

केविन डी ब्रायन (द एसिस्टिङ किङ) – बेल्जियम

बेल्जियमका इडन हर्जाड जस्तै आकर्षक खेल खेल्छन् डी ब्रायन । अझ उनमा गोलका लागि सहयोग गर्ने कला हर्जाडमा भन्दा सुन्दर देखिन्छ । जसले आफ्नो सहयोगमा धेरै गोल गराए र टिमलाई ऐतिहासिक उपलब्धीमा पुर्‍याए ।

केविन डी ब्रायनलाई गोलका लागि सहयोग गर्ने सफल खेलाडीको रुपमा चिन्ने गरिन्छ । उनकै सहयोगमा धेरै खेलाडीले आˆनो नाममा गोल लेखाए ।

म्यानचेस्टर सिटीले भर्खरै सकिएको सिजनमा इतिहासमै सबैभन्दा धेरै अंकसहित पि्रमियर लिगको उपाधि उचाल्यो । जसमा डी ब्रायनको खेल क्षमता झनै चम्कियो । उनले सिटीका लागि ५२ खेलमा १२ गोल गरे र २१ गोलका लागि अवसर सिर्जना गरे ।

यस्तै बेल्जियमले विश्वकपको यात्रा तय गर्ने क्रममा पनि उनको भूमिका निकै महत्वपूर्ण देखियो । उनले टिमका साथी खेलाडीलाई गोलका लागि अवसर बनाए र फुटबललाई यस्तो उत्कृष्ट रुपमा खेल्न सकिन्छ भन्ने देखाए ।

यदी विश्वकपमा बेल्जियमले आफूलाई डार्क हर्सको रुपमा स्थापित गर्न सक्यो भने डी ब्रायनको नाम यो वर्षको फिफा वर्ष खेलाडीको सूचिमा सबैभन्दा माथि हुनेछ ।

हृयारी केन (द मास्टर अफ अण्डरस्टेटमेन्ट) – इंग्ल्याण्ड

हृयारी केन फुटबलका उदाउँदा स्टार हुन् । विश्वकपमा इंग्ल्याण्ड टिमका कप्तानी सम्हाल्न लागेका उनले इंग्लिस पि्रमियर लिगमार्फत नै आफ्नो खुबी देखाएका हुन् ।

उनलाई सन् १९९६ को फिफा वर्ष खेलाडीको सूचिमा तेस्रो स्थानमा आएका एलन शिएररसँग पनि तुलना गरिन्छ ।  २४ वर्षका केन कडा मेहनत गर्छन, अनुशासित व्यवहार देखाउँछन् । समयको महत्ज र कुरा बुझ्ने उनको क्षमता राम्रो छ ।

उनकै बलमा टोटनहृयामले पि्रमियर लिगको राम्रो प्रदर्शन गर्दै आएको छ । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपको मुखैमा आएर ठूलो विश्वाससहित कप्तानको जिम्मा केनलाई थमाएबाट उनी उनको महत्व प्रष्ट हुन्छ ।

उनले सन् २०१७/१८ मा टोटनहृयामबाट ४४ खेल खेल्दै ३७ गोल गरेका थिए । उनी सन् २०१५ बाट इंग्ल्याण्ड टिममा छन् । जसमा २४ खेलमा १३ गोल गरेका छन् ।

केनलाई नेमारकै स्तरको खेलाडीको रुपमा हेर्ने गरिएको छ । विश्वकपमा गर्ने प्रदर्शनले उनलाई पनि वर्ष खेलाडीको सूचिमा माथि लैजाने सम्भावना छ ।

केलियन एमबाप्पे (द योङ्ग प्रोडिजी) – फ्रान्स

१९ वर्षका एमबाप्पे रुस विश्वकपका लागि टिममा रहेका कम उमेरका खेलाडी मध्ये एक हुन् । उनलाई यो विश्वकपमा मात्रै होइन अब आउँदा अरु केही विश्वकपमा पनि हेर्न पाइने सम्भावना बलियो छ ।

कलिलो उमेरमा पनि उनको खेल क्षमता परिपक्क देखिन्छ । उनी हरेक जसो खेलमा गोल गर्न सक्ने खेलाडीका रुपमा चम्किएका छन् ।

सन् २०१७ मा फ्रान्सको राष्ट्रिय टिममा स्थान बनाएका एमबाप्पेले १५ खेलमा ४ गोल गरेका छन् । पाँच गोलका लागि अवसर बनाएका छन् ।
एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) मा पनि भरपर्दा खेलाडी हुन् । भर्खरै सकिएको सिजनमा उनले पीएसजीबाट २८ खेलमा १३ गोल गरे र ८ गोलका लागि अवसर बनाए । सबै गरेर गएको वर्ष पीएसजीबाट खेलेका ४६ खेलमा उनले २१ गोल गरेका छन् । साथै १६ गोलका लागि अवसर बनाएका छन् ।

एमबाप्पेले मोनाकोमा रहँदा पनि लिग वान र च्याम्पियन्स लिग दुवैमा आफूलाई प्रमाणित गरेका थिए । रुस विश्वकपमा पनि उनीमाथि फ्रान्स टिमको ठूलो भरोसा छ । त्यसले नै उनको अर्को उचाइ पुग्ने बाटो तय गर्ने छ ।

Next Post

आज प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’लाई अभिनन्दन गरिदै

२९ जेष्ठ २०७५, मंगलवार ०९:५४
सदरलाइनडटकम २९ जेठ, नेपालगन्ज :  प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ को आज साँझ नेपालगन्जमा नागरिक अभिनन्दन गरिदै छ । रथारोहण सहित भब्य कार्यक्रमको आयोजना गरेर चाचाजीलाई रथारोहण गर्न लागिएको हो । साँझ ५ बजे चाचा निवास त्रिभुवनचोकबाट रथरोहण सुरु भई नेपालगन्जको बिभिन्न ठाउँमा परिक्रमा गरी नागरिक अभिनन्दन […]