मुग्लिङ- नारायणगढ सडकमा सात ठाउँ पहिरो, सवारी आवागमन प्रभावित

२९ जेष्ठ २०७५, मंगलवार ०९:४३
 

चितवन । सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।


राति ११:२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३:२० बजे एकतर्फी सञ्चालनमा आएको थियो। बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भए पनि सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ।

रासस

Next Post

टेलिकमले ल्यायो अत्याधुनिक सुविधासहितको मोबाइल एप

२९ जेष्ठ २०७५, मंगलवार ०९:४३
काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी प्राप्त गर्न सकिन्छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए […]