राजधानीमा गुण्डा माथि प्रहरीले गोली चलायो

२८ जेष्ठ २०७५, सोमबार १४:२५
 

सदरलाइनडटकम
२८ जेठ, नेपालगन्ज :  काठमाडौंको शंखमुलस्थित यूएन पार्क ललितपुरका गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।
घटनास्थलबाट प्रहरीले एउटा पस्तोल र दुई राउण्ड गोली समेत बरामद गरेको छ । लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
को हुन् लामा ?
गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए । उनले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो । उनी काभ्रेली समूहका दावा लामाको समेत सहयोगी भएको प्रहरीको भनाइ छ ।

Next Post

‘सबै उजुरी एकै पटकमा छानविन गर्न सकिदैन’

२८ जेष्ठ २०७५, सोमबार १४:२५
सदरलाइनडटकम   २८ जेठ, नेपालगन्ज : सशस्त्र द्वन्द्वको घटना र त्यसका पीडितले न्यायको लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगमा दिएको उजुरीमा दुबै आयोगले काम गर्न नसकेको गुनासो गरेका छन् । नेपालगन्जमा द्वन्द्व प्रभावित महिलाको सवाल विषयक दुई दिने प्रदेश स्तरिय छलफल कार्यक्रमका सहभागि द्वन्द्व पीडितहरुले सो गुनासो […]

सम्बन्धित