तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगितामा लाली रूपन्देही फाइनलमा

२३ जेष्ठ २०७५, बुधबार २०:०६
 

सदरलाइनडटकम 
२३ जेठ, खजुरा (बाँके) : बाँकेको खजुरा डि गाउमा जारी टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगितामा लाली रूपन्देही–११ ले घरेलु टिम नेपालगन्ज–११ लाई पाखा लगाउदै फाइनलमा पुगेको छ ।
खजुरा गाउँपालिकाको डीगाउँस्थित नेपाल राष्ट्रिय आदर्श निमाविको मैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक नेपालगन्ज–११ लाई ४–२ गोल अन्तरले पराजित गर्दै गत वर्षको डिफेन्डिङ च्याम्पियन लाली रूपन्देही–११ फाइनलमा पुगेको हो ।
प्रतियोगितामा लाली रूपन्देही–११ बाट जनक कार्की, ग्लोरी जोन, सालेहो र फोनाले एक–एक गोल गरेका थिए । खेलको पहिलो हाफसम्म रुपन्देही ३–० को अन्तरमा थियो ।
दोस्रो हाफको एक मिनेटमै अर्थात खेलको ४१ मिनेटमा नेपालगन्ज–११ कर्ण लिम्बुले पहिलो गोल फर्काएका थिए । ६५ मिनेटमा विभुषण केसीले दोस्रो गोल गरेका थिए ।
बिहीबार दोस्रो सेमिफाइनल सुदूरपश्चिम–११ र समूह ‘बी’ बाट बाइ पाएरसिएमजी संकटा क्लबबीच खेल हुनेछ । लाली रूपन्देही–११ र दोस्रो सेमिफाइनलका विजेता टिमबीच फाइनल खेल भने २६ जेठमा हुनेछ ।  

Next Post

२४ जेठ २०७५ बिहिवारको राशिफल

२३ जेष्ठ २०७५, बुधबार २०:०६
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले आय बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। मध्याह्नदेखि आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। […]