लोक सेवा सम्बन्धी वस्तुगत वस्तुगत प्रश्नोत्तर

२३ जेष्ठ २०७५, बुधबार ०७:००
 

१. सगरमाथाको शिखरमा सबैभन्दा धेरैपल्ट पुगी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ? 
– कामिरिता शेर्पा
२. वि.सं. २०७५ जेठमा घोषणा गरिएको पल्सर अवार्डमा वर्षको उत्कृष्ट खेलाडी को बने ?
– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का

३. विभिन्न आँधीका कारण क्यारेबियन राष्ट्रहरु क्षति भएका रङ्गशाालाहरुको पुनः निर्माणका लागि स्रोत जुटाउने उदेश्यका साथ आईसीसीद्धारा सन् २०१८ मे ३१ म आयोजित खेलमा छनोट भएका नेपाली क्रिकेटर को हुन् ? 
– सन्दीप लामिछाने

४. नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण कहिले भएको हो ? 
– वि.सं. २०७५ जेठ ३

५. नेपाल कम्यनिष्ट पार्टीको संसदीय दलको नेता को चयन भएका छन् ? 
– केपी शर्मा ओली

६.ल्याटिन अमेरिकी देश क्युबामा एक सयभन्दा बढीको ज्यान जाने गरी हवाई दुर्घटना कहिले भयो ? 
– सन् २०१८ मे १८

७. सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार को हुन् ? 
– पूर्णिमा श्रेष्ठ (२०७५ जेठ ५, सन् २०१८ मे १९)

८. ‘स्मार्ट गोरखापत्र २०८१’को औपचारिक आरम्भ कहिले गरिएको हो ?
– वि.सं. २०७४ फागुन २

९. साझा प्रकाशनले बर्सेनि प्रदान गर्दै आएको साझा पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
– जय छाङ्छा

१०.सन् २०१८ मे मा दक्षिण कोरियाको वाङहोङमा सम्पन्न प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) को वार्षिक साधारणसभाले पाटा डेस्टिनेसन बोर्ड अध्यक्षमा कसलाई चयन गर्यो ?
– दिपकराज जोशी (नेपालबाट पहिलोपटक अध्यक्षता गर्ने अवसर प्राप्त भएको ।)

११. राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा आ.व. २०७५ ७५ को सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्मा कहिले प्रस्तुत गरियो ? 
– वि.सं. २०७५ जेठ ७

१२.हालै पोखरा लेखनाथमा अन्तर्राष्ट्रिय ताल सम्मेलन कहिले सम्पन्न भयो ? 
– वि.सं. २०७५ जेठ ४/६ (सन् २०१८ मे १८/ २०)


१३. नेपालको कुल व्यापारघाटाको कति प्रतिशत हिस्सा भारतसँग मात्र रहेको छ ? 
– ६५ प्रतिशत

१४. विश्व हाँसो दिवस कहिले मनाइन्छ ? 
– मे महिनाको पहिलो आइतबार

१५. नेपाल विद्युत प्रधिकरणले मुलुकभर कहिलेदेखि लोडसेडिङ् अन्त्य भएको घोषणा गरेको हो ? 
– वि.सं. २०७५ वैशाख ३१

१६. चीनले विश्वकै ठूलो उभयचर विमान (जल र थल दुवैमा उडान भर्ने) कहिले सम्म उपभोक्तालाई आपूर्ति गर्ने जनाएको  छ ? 
– सन् २०२२

१७. सन् २०१८ मेमा कुन अफ्रिी राष्ट्रमा यबोला भाइरसको सङक्रमण देखा परेको छ ? 
– कङ्गो

१८ कठिन परिश्रम विनाको प्रतिभाको कुनै अर्थ छैन ,। भन्ने भनाइ कसको हो ? 
– क्रिस्टियानो रोनाल्डो ,खेलाडी

१९.सन् २०१८ मे मा मलेसियाको क्वालालम्पुरमा भएको प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसीपमा नेपालले कुन स्थानमा हासिल गरेको छ ? 
– तृतीय (प्रतियोगितामा भारत पहिलो र पाकिस्तान दास्रो)

२०. हुम्लाको खार्पुनाथमा मकालु एयरको कार्गो जहाज कहिले दुर्घटनाग्रस्त भएको हो ? 
– वि.सं. २०७५ जेठ २

२१. कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ? 
– किलिमञ्जरो (तान्जानियामा अवस्थित अफ्रिकाको सबैभन्दा अग्लो हिमाल)

२२. दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७४ मङ्सिर मसान्तसम्म नेपालको कुल जनसङख्याको कति प्रतिशतमा इन्टरनेट सेवा पुगेको छ ? 
– ६३.१७ प्रतिशत

२३. राष्ट्रको पूर्वाधार विकास गर्ने कार्यका लागि अहं भूमिका तथा योगदान पुर्याउने लक्ष्यसहित नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड स्थापनाका लागि सैद्धान्तिक सहमतिपत्र कहिले प्रदान गरिएको हो ? 
-वि.सं. २०७५ जेठ ६

Next Post

२३ जेठ २०७५ बुधवारको राशिफल

२३ जेष्ठ २०७५, बुधबार ०७:००
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग […]

सम्बन्धित