मन्त्री पुनले राप्ती तरेको पुरानो दिन सम्झिएपछि…

२२ जेष्ठ २०७५, मंगलवार १४:३५
 


सदरलाइनडटकम
२२ जेठ, नेपालगन्ज : उर्जामन्त्री वर्षमान पुनले मंगलबार बाँकेको सिक्टा सिंचाईको बांधको निरिक्षणका क्रममा पुरानो दिनहरुको सम्झाना
गरे । राप्तीपारीका दुई गाउँपालिका राप्तीसेनारी र नरैनापुर गाउँपालिकाको बिद्युत, सिंचाई र तटबन्ध नहुँदा निकै समस्या झेल्दै आएका छन् त्यसक्षेत्रका सर्बसाधारणहरु ।
ती समस्याका बिषयमा प्रदेश सभाषद कृष्णा केसी नमुनाले उर्जामन्त्रीलाई जानकारी गराएपछि मन्त्री पुनले आफु राप्तीपारीका समस्याका बिषयमा जानकार रहेको भन्दै थपे,—‘०४८ सालतिर म यता आएको छु । त्यसबेला डुङ्गामा मान्छेसंगै गाईगोरुलाई वारपार गराएको सम्झाना छ । निकै कठिन समय थियो थियो ।’
मन्त्री पुनले त्यसपछि आफु तीन पटक यहाँ आएको बताउदै भने,—‘ त्यसयता केही न केही समस्या समाधान त भएका छन् अझै गर्न धेरै बाँकी छ ।’ उनले राप्तीपारीलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजनाको मंगलबार निरिक्षण गर्दै उर्जा मन्त्री पुनले बर्षौदेखि समस्याका रुपमा रहेको बिद्युत, सिंचाई र तटबन्धको समस्या समाधानका बिषयमा आफु जानकार रहेको बताए ।

Next Post

२२ जेष्ठ २०७५, मंगलवार १४:३५