नेपालगन्ज–दिल्ली हवाई उडानका बिषयमा छलफल

२१ जेष्ठ २०७५, सोमबार १८:५५
 

सदरलाइनडटकम
२१ जेठ, नेपालगन्ज  : नेपालगन्ज—दिल्ली हवाई उडानका बिषयमा बुद्ध एयरले नेपालगन्जमा बृहद छलफल गरेको छ । सो छलफलमा सबै प्रक्रिया पुरा भए केही महिनाभित्रै नेपालगन्जदेखि दिल्लीसम्म हवाई यात्रा तय गर्ने निर्णय गरेको छ ।
बा“केमा रहेको राँझा बिमानस्थलको पूर्वाधार तयार भए र दिल्लीसंगको हवाई रुटको व्यवस्थापन गरे अबको कम्तिमा आठ महिनाभित्र उडान गर्न सकिने बुद्ध एयर प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
‘नेपालगन्जदेखि दिल्ली हवाई उडाउने गर्ने निर्णयमा पुगेका छौं । हाम्रो तर्फबाट हुनपर्ने तयारी भइसकेको छ । अब सरकारका तर्फबाट बिमानस्थल र हवाई रुटको व्यवस्थापनको काम गर्न बा“की छ’–सोमबार नेपालगन्जमा सञ्चारकर्मीसंग बस्नेतले भने,–‘ती काम आजकै मितिबाट सुरु भएमा आउदो आठ महिनाभित्र सकिन्छ भने हामी तत्कालै उडान गर्न सक्छौ ।’
बुद्धले दिल्लीसंग हवाई उडान गर्ने नेपालगन्ज बिमानस्थल अन्र्तराष्ट्रिय बिमानस्थलका रुपमा विकास हुने ढोका खुल्छ । वर्षौदेखि यो माग हुँदै आएको थियो । दिल्लीसंग सिधा हवाई उडान भए पश्चिमको विकासको ढोका खुल्ने बस्नेतले बताए । त्यसका लागि रा“झा बिमानस्थलमा अध्यागमन कार्यालयको स्थापना र हवाई रुट आधिकारिक निर्णयको पखाईमा बुद्ध एयर रहेको छ ।
सो अवसरमा बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले नेपालगन्ज–दिल्ली उडानको लागि रुट लिमा ६२६ बाटै जाने आउने गरी रुट मिलाउन तर्फ सरकारले ध्यान दिनु पर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै संघीय संसदका सदस्य एवं पूर्वमन्त्री सन्जय गौतमले कुनै पनि बाहनामा नेपालगन्ज बिमानस्थललाई स्तरोन्नती हुनबाट रोक्न नहुने बताए । उनले यसका लागि संसदमा आवाज उठाउने पनि बताए ।
नेपालगन्ज उपमहानगरपालिका मेयर धवल शम्शेर राणाले, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगन्ज बिमानस्थललाई क्षेत्रीय बिमानस्थलको रुपमा विकास गर्ने बिषयलाई सबैले अपनत्व महसुस गर्ने बताए ।

Next Post

राजश्व परामर्श समितिमा लम्साल

२१ जेष्ठ २०७५, सोमबार १८:५५
सदरलाइनडटकम २१ जेठ, नेपालगन्ज :  बाँके निवासी अर्थशास्त्री कृष्णकुमार लम्साल प्रदेश नं ५को राजश्व परामर्श समितिको सदस्यमा मनोनित भएका छन् । त्रिभुवन बिश्वबिद्यालय अर्थशास्त्रका सह–प्राध्यापक लम्सालाईलाई राजश्व परामर्श समितिमा मनोनित गरिएको हो । अर्थशास्त्रमा दखल राख्ने लम्साललाई राजश्व परामर्श समितिको सदस्यमा मनोनित गरे पनि प्रदेश सरकारको दायरामा आउने करहरुको व्यवस्थापनमा […]